महोत्तरीबाट लागु औषध सहित तीन जना प्रहरीको गिरफ्तमा
पक्राउ परेका तीनै जनालाई प्रहरीले लागूऔषध मुद्दा चलाएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।

२०७५ भदौ १४ बिहीबार, बिहान ९:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरी प्रहरीले प्रतिबन्धित लागूऔषधसहित मङ्गलबार तीन जनालाई पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको पिपरा गाउँपालिका–६ बस्ने धर्मनाथ मुखिया, दिनेश मुखिया र विवेक मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो ।
भारत बिहारको मधवापुर बजारबाट लागूऔषध बोकेर नेपाल प्रवेश गरेका तीनै जनालाई प्रहरीले मटिहानी नगरपालिका–७ स्थित सडकमा शङ्का लागि चेकजाँच गर्दा उनीहरू लागूऔषधसहित पक्राउ परेका हुन् । उनीहरूको साथबाट प्रहरीले ३५ थान नाइटोभेट ट्याब्लेट बरामद गरेका छन् ।
लागूऔषधसहित पक्राउ परेका तीनै जनालाई प्रहरीले लागूऔषध मुद्दा चलाएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…