नक्टाझिजमा सामुदायिक सूचना तथा सेवा सहजीकरण केन्द्रको स्थापना
न्यूज ब्यूरो | धनुषा, ७ भदौ । धनुषाको मिथिला नगरपालिका नक्टाझिज स्थित हिमालय यूवा क्लवमा सामुदायिक सूचना तथा सेवा सहजीकरण केन्द्रको स्थापना गरिएको छ । यूएनडीपीको सहयोग सामुदायिक परिवार कल्याण संघको आयोजनामा समाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम अन्तर्गत हिमालय युवा क्लवमा सूचना केन्द्रको

२०७५ भदौ ७ बिहीबार, राति ८:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
धनुषा, ७ भदौ । धनुषाको मिथिला नगरपालिका नक्टाझिज स्थित हिमालय यूवा क्लवमा सामुदायिक सूचना तथा सेवा सहजीकरण केन्द्रको स्थापना गरिएको छ ।
यूएनडीपीको सहयोग सामुदायिक परिवार कल्याण संघको आयोजनामा समाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम अन्तर्गत हिमालय युवा क्लवमा सूचना केन्द्रको स्थापना गरिएको हो ।
हिमालय यूवा क्लव धनुषाका अध्यक्ष अरुण कुमार महतोको अध्यक्षता तथा मिथिला नगरपालिका प्रमुख हरिनारायण महतोको प्रमुख आतिथ्यमा सूचना केन्द्र सञ्चालका निमित्त कम्प्युटर टेबल, प्रिन्टर, पानी फिल्टर, कुर्सि लगायतका सामग्रीहरु प्रदान गरिएको छ ।
सामुदायिक सूचना तथा सेवा सहजीकरण केन्द्रको स्थापनाले स्थानीय निकायको सेवा सुविधालाई सहजीकरण गर्ने तथा सार्वजनिक सेवा प्रवाहको सूचनालाई जनता समक्ष पु¥याउने मूल उदेश्यका साथ केन्द्रको स्थापना गरिएको यूएनडिपिका प्रदेश २ का कार्यक्रम संयोजक अर्जुन कुशवाहाले जानकारी दिए ।
कार्यक्रममा सामुदायिक परिवार कल्याण संघको कार्यकारी निर्देशक मिथलेश साह, वडा अध्यक्ष विहारी महतो सहितका वक्ताहरुले सामुदायिक सूचना तथा सेवा सहजीकरण केन्द्रको स्थापनाले स्थानीयलाई सेवा सुविधाको विषयमा थप जानकारी पाउने अपेक्षा रहेको बताएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…