तेस्रो मधेस आन्दोलनका प्रथम शहिद राजीव राउत विर्सिइयो ?
न्यूज ब्यूरो | जनकपुरधाम, १ भदौ । तेस्रो मधेस आन्दोलनका प्रथम सहिद राजीव राउतको आज भदौ १ गते २०७५ को तेस्रो स्मृति दिवस रहेको छ । संविधानप्रति असन्तुष्टि जनाउँदै मधेशवादी दलहहरुले सुरु गरेको आन्दोलनका क्रममा २०७२ साल भदौं १ गते पूर्व–पश्चिम राजमार्ग अन्तरगत सप्तरीको भारदहमा प्रहरीको गोली लागि स्थानि

२०७५ भदौ १ शुक्रबार, बिहान १०:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १ भदौ । तेस्रो मधेस आन्दोलनका प्रथम सहिद राजीव राउतको आज भदौ १ गते २०७५ को तेस्रो स्मृति दिवस रहेको छ ।
संविधानप्रति असन्तुष्टि जनाउँदै मधेशवादी दलहहरुले सुरु गरेको आन्दोलनका क्रममा २०७२ साल भदौं १ गते पूर्व–पश्चिम राजमार्ग अन्तरगत सप्तरीको भारदहमा प्रहरीको गोली लागि स्थानिय राजिव राउतको घटनास्थलमै मृत्यु भएको थियो ।
त्यसपछि तेश्रो मधेस आन्दोलनको लहर मधेसभरि चर्किएको थियो । संविधान र सिमाङ्कनमा ब्यापक असन्तुष्टि जनाउँदै ६ महिना लामो चलेको आन्दोलनका क्रममा सप्तरीबाट भारदहका राजिव राउत, पोर्ताहाका रामकृष्ण राउत, डाढा गाविसका बिरेन्द्र राम, जमुनी मधेपुराका नागेश्वर यादव, राजविराजका दिलिप साहको मृत्यु प्रहरीले चलाएको गोली लागेर भएको थियो भने आन्दोलनकै क्रममा जमुनीमधेपुरका शिवशंकर दास र पोर्ताहाका बालकृष्ण रायको ज्यान गएको थियो ।
मधेस आन्दोलको मर्मलाई विस्थापित गर्दै मधेसवादी दलका नेता तथा त्यस आन्दोलनका अगुवा नेतृत्वहरुले शहिदहरुलाई अपमान गरी सत्तासम्म पुगेका छन् ।संविधान संशोधन मुख्य मुद्दालाई विस्थापित गर्दै मधेसवादी दलहरुले सत्ताको लोभमा पर्दै शहिदको रगत र सपनासँग खेलवाड गरेको मधेसी जनताहरुको आरोप छ ।
अन्ततः मधेस आन्दोलनका सबै शहिदप्रति हार्दिक श्रद्धाञ्जली ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…