लहान प्रादेशिक अस्पतालमा २४ घण्टा सीटी स्क्यान सेवा सञ्चालन

२०८३ भदौ २२ सोमबार
बेलुकी ७:२१ बजे
सबिन यादव

लहान । सिरहाको लहानस्थित रामकुमार उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालमा २४ घण्टा सीटी स्क्यान सेवा नियमित रूपमा सञ्चालनमा आएको छ ।

निर्धारित मापदण्डअनुसार सेवा सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया तथा तयारी पूरा भएपछि अस्पतालमा सीटी स्क्यान सेवा नियमित रूपमा सञ्चालनमा ल्याइएको अस्पताल प्रशासनले जनाएको छ ।

२४ घण्टा सीटी स्क्यान सेवा सञ्चालनमा आएसँगै आकस्मिक अवस्थाका बिरामीसहित अन्य बिरामीले समेत समयमै आवश्यक जाँच तथा उपचार सेवा पाउने भएका छन् । यसबाट विशेषगरी आकस्मिक उपचारका क्रममा बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता कम हुने तथा उपचार सेवा थप सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

अस्पतालमै चौबीसै घण्टा सीटी स्क्यान सेवा उपलब्ध भएपछि लहान तथा आसपासका क्षेत्रका बिरामीलाई समेत प्रत्यक्ष लाभ पुग्ने अस्पताल प्रशासनको विश्वास छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

विद्यालयको गेटमा ९ वर्षीया बालिकालाई फकाउँदै थिए पूर्वशिक्षक, CCTV ले पछ्याउँदै पुर्‍यायो महोत्तरीसम्म

  • २०८३ भदौ २२ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा ९ वर्षीया बालिकालाई ललाईफकाई गरी आफूसँग लैजान खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका–१ पर्सा निवासी ३६ वर्षीय मनिष ठाकुर रहेका

पूरा पढ्नुहोस्

Bureau Menus