भिडियो भाइरलपछि १३ वर्षीया बालिकाले रोजिन मृत्यू, ७ जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा

२०८३ असार २१ आइतबार
बिहान ०७:५२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, बारा ।  बाराको कलैया उपमहानगरपालिका–२१, भौडाहमा सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि मानसिक तनावमा परेकी १३ वर्षीया एक बालिकाले आत्महत्या गरेको घटना सार्वजनिक भएको छ। घटनापछि प्रहरीले सात जनाविरुद्ध आत्महत्या दुरुत्साहन तथा जबरजस्ती करणी उद्योग सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार गत असार १५ गते भौडाहस्थित एक खेतमा ती बालिका गाउँकै एक युवासँग रहेको अवस्थामा केही युवाहरूको समूहले फेला पारेको थियो। त्यसपछि उनीहरूले बालिकालाई नियन्त्रणमा लिई गालीगलौज, कुटपिट तथा अमानवीय व्यवहार गरेका थिए। घटनाको भिडियोसमेत खिची सामाजिक सञ्जालमा सार्वजनिक गरिएको थियो।

परिवारका अनुसार भिडियो भाइरल भएसँगै बालिकाले चरित्रहत्या, सामाजिक अपमान र मानसिक दबाबको सामना गर्नुपरेको थियो। सोही मानसिक तनावका कारण घटनाको भोलिपल्ट अर्थात् असार १६ गते बालिका सरिया खातुनले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेकी हुन्।

घटना सार्वजनिक भएपछि मृतकका परिवारजनले दोषीहरूलाई कडा कानुनी कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय सिमरामा जाहेरी दिएका छन्। परिवारले योजनाबद्ध रूपमा दुव्र्यवहार, कुटपिट र भिडियो सार्वजनिक गरी बालिकालाई आत्महत्या गर्न बाध्य पारिएको आरोप लगाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी निरीक्षक बलराम श्रेष्ठले घटनाको पुष्टि गर्दै सात जनाविरुद्ध आत्महत्या दुरुत्साहन तथा जबरजस्ती करणी उद्योग सम्बन्धी मुद्दा दर्ता गरिएको जानकारी दिए।

उनका अनुसार आरोपितमध्ये एक जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ भने फरार रहेका अन्य व्यक्तिहरूको खोजी तीव्र बनाइएको छ।

प्रहरीले सामाजिक सञ्जालमा भाइरल भएको भिडियोलाई अनुसन्धानको महत्वपूर्ण प्रमाणका रूपमा सुरक्षित राखेको जनाएको छ। भिडियोमा केही युवाहरूले बालिकालाई घेरेर गालीगलौज गर्ने, धम्क्याउने, कुटपिट गर्ने तथा अभद्र व्यवहार गरिरहेको देखिएको प्रहरीले जनाएको छ।

घटनाले सामाजिक सञ्जालको दुरुपयोग, सार्वजनिक अपमान र साइबर हिंसाले किशोर–किशोरीको मानसिक स्वास्थ्यमा पार्ने गम्भीर प्रभावबारे पुनः प्रश्न उठाएको छ। प्रहरीले घटनामा संलग्न सबै व्यक्तिलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाएको छ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

Autonomy vs Accountability: Rethinking the Role of Financial System Regulators

  • २०८३ असार २१ आइतबार
  • Anuja Das

Anuja Das | In every country, financial regulators plays important role in keeping the economy safe and stable. Financial regulators are responsible to ensure banks follow the rules, manage risks,

पूरा पढ्नुहोस्

Bureau Menus