सिरहामा गोली चलाएर लागुऔषध कारोवारी नियन्त्रणमा, अस्पतालमा उपचार हुँदै

२०८३ असार ८ सोमबार
बिहान ०६:४५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । जिल्ला सिरहा, सिरहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन । 

जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय महेशपुरपतार र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार सिरहाको संयुक्त प्रहरी टोलीले ९२.३ ग्राम ब्राउन सुगर सहित २ जनालाई नियन्त्रणमा लिइएको हो । 

नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि ढुंगामुढा प्रहार गर्दै भारततर्फ भाग्न खोजेपछि एक राउण्ड हवाई फायर र एक राउण्ड गोली प्रहार गरिएको छ । 

गोली लागेर भारत, मधुवनी जिल्ला पदमाहा ग्राम पञ्चायत–२ जोगिया टोल निवासी अन्दाजी २८ वर्षीय छोटु भनिने रञ्जित कुमार पासवान घाइते भएका छन्। सोही क्रममा इलाका प्रहरी कार्यालय महेशपुरपतारमा कार्यरत प्रहरी जवान हृदय नारायण ठाकुर पनि खुट्टामा चोट लागेर घाइते भएका छन्।

घाइते दुवै जनाको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको छ ।
घटनास्थलबाट भारतकै मधुवनी जिल्ला निवासी अन्दाजी १७ वर्षीय रमन कुमार पासवानलाई समेत नियन्त्रणमा लिइएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

मधेशका डिआईजी चुतुर्वेदी र एसपी सिलवालबीच हिसाब नमिल्दा विवाद, तल्ला दर्जाका प्रहरी मारमा

  • २०८३ असार ८ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश प्रहरीभित्र आन्तरिक कलह चर्किएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमाप्रसाद चतुर्वेदी र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी

पूरा पढ्नुहोस्

Bureau Menus