काठमान्डौँमा रेस्टुरेन्टको मेनुमा 'गाईको मासु' को परिकार, उठयो कानुनी प्रश्न !
ठमेल विदेशी पर्यटकहरूको प्रमुख गन्तव्य मानिन्छ । यहाँ विभिन्न मुलुकका खानाका परिकार उपलब्ध गराउने रेष्टुरेन्टहरू सञ्चालनमा छन् । पछिल्लो समय अन्तर्राष्ट्रिय मेनुका नाममा कानुनी रूपमा संवेदनशील विषयहरू प्रवेश गर्न थालेको भन्दै केही सामाजिक तथा धार्मिक समूहले समेत चासो व्यक्त गरेका छन् ।

२०८३ जेठ २ शनिबार, बिहान ८:४० बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, काठमाडौं । कमाठमान्डौँ ठमेलस्थित एक रेष्टुरेन्टमा प्रतिबन्धित मानिने गाईको मासुसम्बन्धी परिकारको मेनु भेटिएपछि कानुनी तथा सामाजिक बहस सुरु भएको छ । पर्यटकीय तथा व्यापारिक केन्द्रका रूपमा परिचित ठमेलमा सञ्चालनमा रहेको Steaks & Sizzlers Thamel नामक रेष्टुरेन्टमा ‘बीफ’ उल्लेख गरिएका विभिन्न परिकारको मेनु सार्वजनिक भएको हो ।
रेष्टुरेन्टमा उपलब्ध मेनुमा ‘Beef Stroganoff’, ‘Beef Steak’ लगायतका परिकार उल्लेख गरिएको देखिएको छ । नेपालमा गाई राष्ट्रिय जनावर भएको तथा गाईको वध, ओसारपसार र मासु बिक्री–वितरण कानुनतः निषेध रहेकाले उक्त विषयले कानुनी प्रश्न खडा गरेको छ ।
नेपालको संविधानले गाईलाई राष्ट्रिय जनावरको मान्यता दिएको छ । [नेपाल कानून आयोग अन्तर्गतको मुलुकी अपराध संहिता, २०७४ मा गाई वा गोरु मार्न, मार्न लगाउन वा त्यस्तो कार्यमा संलग्न हुन नपाइने स्पष्ट व्यवस्था गरिएको छ । संहिताको दफा २८९ अनुसार कसैले गाई वा गोरु मारेमा तीन वर्षसम्म कैद सजाय हुन सक्ने प्रावधान छ ।
कानुनविद्हरूका अनुसार गाईको मासु बिक्री, वितरण, भण्डारण वा व्यापारिक प्रयोजनमा प्रयोगसमेत फौजदारी अनुसन्धानको विषय बन्न सक्छ । सो रेष्टुरेन्टको मेनुमा 'बफ' शब्द पनि प्रयोग गरिएको हुनाले बीफ (गाईको मासु) भएको बुझिएको छ । मेनुमा गरिएको वर्णन अनुसार समेत सो गाईकै मासु प्रमाणित हुन्छ । मेनुमा राखिएको शब्दअनुसार गाईको मासु राखिएको हो ।
.png)
नेपालमा भैंसी तथा राँगाको मासु ‘बफ’ का रूपमा वैधानिक रूपमा बिक्री हुने भएकाले कतिपय अन्तर्राष्ट्रिय शैलीका रेष्टुरेन्टहरूले विदेशी ग्राहक लक्षित गर्दै ‘बीफ’ शब्द प्रयोग गर्ने गरेको पाइन्छ । तर, उक्त रेष्टुरेन्टमा भने गाईको मासुको तस्विर र मेनु डिस्क्रीप्सनसहित उल्लेख गरिएको पाईन्छ । (Beef Stroganoff एक लोकप्रिय परिकार हो, जसको उत्पत्ति Russia मा भएको मानिन्छ। यो सामान्यतया: सानो टुक्रामा काटिएको गाईको मासु, मशरूम, प्याज, sour cream आधारित creamy sauce
सँग बनाइन्छ, र प्रायः noodles, pasta, rice वा mashed potato सँग खाइन्छ।)


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…