हिन्दु युवकलाई नाँगो बनाएर थुक चाटन लगाउने श्रममन्त्री 'रामजी यादव' का चालक 'मियाँ' पक्राउ

२०८३ बैशाख २९ मंगलबार
रति ८:४९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सप्तरी । बालेन सरकारका श्रमन्त्री रामजी यादवका सवारी चालक पक्राउ परेका छन्। अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारसम्बन्धी कसुरमा प्रहरीले मुस्तकिम आलम मियाँलाई नियन्त्रणमा लिएको हो।

महादेवा गाउँपालिका–१ बल्थी घर भई हाल राजविराज–३ पोख्रेल टोल बस्दै आएका २७ वर्षीय मियाँलाई सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। मियाँ मन्त्री यादवको निजी सचिवालयमा कार्यरत रहेको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार मियाँसहित केही व्यक्तिले राजविराजस्थित हनुमानचोकमा बस्ने एक हिन्दु युवालाई अपहरण गरी अमानवीय व्यवहार गरेका थिए। उनीहरूले पीडितलाई नग्न बनाएर भिडियो खिच्नुका साथै थुक चाट्न बाध्य पारेको आरोप छ।

घटना गत फागुन १४ गते बिहान भएको प्रहरीको भनाइ छ। पीडितको जाहेरीअनुसार बा ९९ प ५७७५ नम्बरको मोटरसाइकल प्रयोग गरी उनलाई नियन्त्रणमा लिएर हिमालय राइस मिल पछाडिको सुनसान स्थानमा लगिएको थियो।

पीडितले आफूलाई लिङ्ग काटिदिने धम्की दिइएको, मोबाइल फोन र सुनको सिक्री लुटिएको तथा नगद १ लाख ३० हजार रुपैयाँसमेत खोसिएको बताएका छन्।

घटनापछि पीडितले मुस्तकिम आलम मियाँ, जुनेद मियाँ, एकवाल मियाँ र आदित्यकुमार यादवविरुद्ध अपहरण तथा शरीर बन्धकसँगै अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा जाहेरी दिएका थिए।

प्रहरीले गत वैशाख २४ गते पक्राउ पुर्जीका लागि सप्तरी जिल्ला अदालतमा निवेदन दिएको थियो। अदालतबाट पक्राउ अनुमति जारी भएपछि मियाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अदालतबाट सात दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको छ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

यातायात कार्यालय जनकपुरले २४ हजार बढी लाईसेन्स वितरण गर्दै, यही लटमा तपाईको आयो की ?

  • २०८३ बैशाख २९ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । यातायात व्यवस्था कार्यालय, जनकपुरधामले झन्डै २४ हजार थान क्यूआरयुक्त सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) वितरण सुरु गरेको छ। कार्यालयले सोमबार सूचना जारी गर्दै सेवाग्राहीलाई कार्ड वितरण गर्न

पूरा पढ्नुहोस्

Bureau Menus