सोनम सोनालीको ठगी धन्दाः लाईसेन्सबिनै छाला परीक्षण र औषधिजन्य सामग्री सिफारिस

२०८३ बैशाख २६ शनिबार
बिहान ०९:३८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाधाम नगरपालिका–८ धारापानीमा सञ्चालनमा रहेको ‘सोनम सोनाली ब्यूटी पार्लर’ ले सम्बन्धित अध्ययन, तालिम तथा इजाजतपत्र (लाईसेन्स) बिना नै ग्राहकको छाला परीक्षण (स्किन चेकअप) गर्दै आएको पाइएको छ। पार्लर सञ्चालक सोनम मण्डल र सोनाली मण्डलले एक मेसिनको प्रयोगमार्फत छाला जाँच गर्ने, छाला गोरो बनाउने तथा सुधार गर्ने भन्दै विभिन्न क्रीम र औषधिजन्य सामग्री सिफारिस गर्ने गरेको स्थानीयले बताएका छन्।

स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार छाला परीक्षण, रोग पहिचान र उपचारसम्बन्धी कार्य चिकित्सकीय क्षेत्रअन्तर्गत पर्ने भएकाले यस्तो सेवा प्रदान गर्न सम्बन्धित विषयको अध्ययन, तालिम र सरकारी स्वीकृति आवश्यक पर्छ। छाला रोग विशेषज्ञ ९म्भचmबतययिनष्कत० वा दर्तावाला स्वास्थ्यकर्मीबाहेक अन्य व्यक्तिले यस्तो कार्य गर्नु कानुनी रूपमा गम्भीर विषय मानिन्छ।

कानुनी जानकारहरूका अनुसार यदि कुनै व्यक्तिले बिना अनुमति स्वास्थ्य परीक्षण, उपचार वा औषधि सिफारिस गरेको प्रमाणित भएमा विभिन्न कानुनअन्तर्गत कारबाही हुन सक्छ।

नेपालको राष्ट्रिय चिकित्सा शिक्षा ऐन नेपाल मेडिकल काउन्सिलसम्बन्धी व्यवस्था जनस्वास्थ्य सेवा ऐन, तथा औषधि ऐन अनुसार अनुमति बिना चिकित्सकीय अभ्यास गर्नु गैरकानुनी मानिन्छ।

यस्ता गतिविधिमा संलग्न पाइएमा व्यवसाय बन्द गराउन सकिने, जरिवाना हुन सक्ने, औषधिजन्य सामग्री जफत गरिन सक्ने, तथा गम्भीर असर वा ठगी प्रमाणित भएमा कैद सजायसम्म हुन सक्ने कानुनी व्यवस्था रहेको जानकारहरू बताउँछन्।

विशेषगरी कुनै व्यक्तिले आफू योग्य चिकित्सक नभई चिकित्सकीय सेवा दिएको, गलत दाबी गरेर ग्राहकलाई भ्रममा पारेको वा स्वास्थ्यमा क्षति पुर्‍याएको पुष्टि भएमा ठगी, गैरकानुनी स्वास्थ्य सेवा सञ्चालन तथा उपभोक्ता अधिकार उल्लंघनसम्बन्धी मुद्दा समेत लाग्न सक्छ । 

स्वास्थ्य विज्ञहरूका अनुसार गलत क्रीम वा औषधिजन्य पदार्थ प्रयोगले छाला डढ्ने, एलर्जी हुने, संक्रमण फैलिने तथा दीर्घकालीन असर देखिन सक्ने जोखिम रहन्छ। त्यसैले यस्ता सेवा लिनुअघि सम्बन्धित व्यक्तिको योग्यता र सरकारी अनुमति अनिवार्य रूपमा जाँच गर्नुपर्ने सुझाव दिइएको छ।

यता, पार्लर सञ्चालक पक्षसँग यस विषयमा प्रतिक्रिया लिँदा छाला जाँच गर्ने गरेको पुष्टि गरिन् । न्यूज ब्यूरोले ग्राहक बनेर गरिएको सोधपुछमा उनीहरुले छाला जाँच गरी क्रिम, औषधी समेत दिने गरेको पुष्टि गरिन् । उनीहरुले प्रचार प्रसारको लागि सार्वजनिक गरेको नम्बरमा सम्पर्क गरी सोधपुछ गर्दा यस्तो प्रतिक्रिया दिएको थियो ।

सोही सन्दर्भमा जनकपुरका चर्चित छाला रोग विशेषज्ञ डा. रामज्ञान यादवसँग यस सन्दर्भमा कुराकानी गर्दा उनले यस्ता कार्य पूर्णतः गैरकानुनी र ठगी धन्दा रहेको बताए । उनले सम्बनिधत क्षेत्रको अध्ययन, पढाई अभ्यास नै नरहेको व्यक्तिले जाबो एक सानो मेसिनको भरमा चेकजाँच गर्नु ठगी मात्र रहेको औल्याँए । उनले मेसिन नै रीड गर्न नजान्ने व्यक्तिले औषधीजन्य क्रीमहरु सुझाव दिनु भनेको स्वास्थ्यसँग सीधा खेलवाड रहेको बताए । 

उनले टिकटक, फेसबुकको भरमा ग्राहकलाई प्रभावमा पारेर ठगी गरेको आफू पनि देखेको बताए । उनले यस्ता अन्य ठाउँमा पनि भईरहेको जनाइएको छ । 

मण्डल दिदीबहिनीले समाजिक सँजालमा समेत यसको प्रचार प्रसार नै गरी छाला जाँच गरेको पाईएको छ । यसतर्फ धनुषा प्रशासनले कुनै तादरुकता देखाएको छैनन् । 

स्थानीयवासीहरूले सम्बन्धित स्वास्थ्य कार्यालय, स्थानीय तह तथा प्रशासनलाई यस्ता गतिविधिको अनुगमन गरी आवश्यक छानबिन र कानुनी प्रक्रिया अगाडि बढाउन माग गरेका छन्।

यस सन्दर्भमा ईलाका प्रहरी कार्यालय ढल्केवरले ब्यूटि पार्लरमा कुनै अवैद्य कार्य भईरहेको पाईए कानुन बमोजिम कारवाहीको लागि प्रक्रिया थाल्ने बताएको छ । 

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

पश्चिम बंगालमा ममताको राजनीतिक किल्ला ध्वस्त, मोदीलाई प्रचण्ड बहुमत, उत्तर प्रदेशमा के पर्ला असर ?

  • २०८३ बैशाख २६ शनिबार

न्यूज ब्यूरो, भारत ।  पश्चिम बंगाल विधानसभा निर्वाचनको नतिजाले भारतीय राजनीतिमा नयाँ बहस सुरु गरेको छ। यस नतिजाको प्रत्यक्ष प्रभाव अब उत्तर प्रदेशको २०२७ विधानसभा चुनावमा देखिन सक्ने राजनीतिक विश्लेषकहरूले

पूरा पढ्नुहोस्

Bureau Menus