न्यूज ब्यूरो, सिरहा । लहानस्थित प्रादेशिक अस्पतालमा कार्यरत डा। बृजेन्द्रकुमार साहको सरुवा भएको तीन महिना नाघेको छ । मधेश प्रदेशको स्वास्थ्य तथा तथा जनसंख्या मन्त्रालयले सरुवा गरेको तीन महिना नाघ्दा पनि उनी यहाँबाट जान मानेका छैनन् ।
आठौं तहका मेडिकल अधिकृत साहलाई मन्त्रालयले २०८२ माघ २ मै सर्लाहीको मलंगवास्थित प्रादेशिक अस्पतालमा सरुवा गरेको थियो । लहानकै बासिन्दा उनी लहानमा जीवन रक्षा नामक आफ्नै अल्ट्रासाउन्ड क्लिनिक खोलेका छन् ।
सरकारी अस्पतालमा समय नै नदिने र आफ्नै क्लिनिकमा अधिकांश समय दिने गरेको स्थानीयको गुनासोपछि मन्त्रालयले उनको त्यहाँबाट सरुवा गरेको थियो । कानुनतः सरुवा भएको २१ दिनभित्र खटाइएको ठाउँमा हाजिर भइसक्नुपर्छ भने तीन महिनासम्म पनि हाजिरी नहुनेलाई बर्खास्तीसम्मको कारबाही व्यवस्था छ ।
अहिलेसम्म उनी अटेर गरी लहानमै बस्दै आएका छन् । आफ्नो घर लहानमै भएको र आफ्नो आवश्यकता पनि लहानमै भएकोले सरुवा भएको ठाउँमा नगएको उनको साहको भनाइ छ ।
यसरी उनले अटेरी गरिरहँदा मन्त्रालयले आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडी बढाउनुको साटो उनी आफैं हाजिर हुने भन्दै कुरेर बसेको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल रायले उनी अब हाजिर हुने र नभए कारबाही अघि बढ्ने बताए । 'कार्वाहीमा कस्तो कार्वाही हुने प्रश्नमा आब निलम्बन हुन सक्ने हुन्छ आब त्यही ठाउँमा फेरि फर्केर जाने कुनै चान्स नै छैनन् , आब कानुनले जे कार्वाही हुन्छ हामी गर्छौ'
वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज
- २०८३ बैशाख १३ आइतबार







