सिरहामा पुलिसको असईमा नाम निकालिदिन्छु भनी 'नक्कली डिआईजी' बनेर ठगी गर्ने पक्राउ
पक्राउ पर्नेमा सिरहाको गोलबजारबाट सुखिपुर बलही निवासी सुरेन्द्र यादव रहेका छन्। उनले आफू चितवनका डिआईजी हुँ भनी चिनाउँदै गोलबजार नगरपालिका वडा नं. ४ का सरवन मण्डल, फिरन ठाकुर, राजु मण्डल, अमित साह लगायत अन्य व्यक्तिहरूसँग लाखौँ रुपैयाँ ठगी गरेको आरोप लागेको छ।

२०८३ बैशाख १२ शनिबार, बेलुकी ६:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नक्कली डिआईजी बनेर रकम ठगी गर्ने एक व्यक्ति सिरहाबाट पक्राउ परेका छन् । उनलाई एक व्यक्तिलाई प्रहरीको असईमा नाम निकालिदिने भनेर रकम ठगी गरेको आरोपमा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिरहाको गोलबजारबाट सुखिपुर बलही निवासी सुरेन्द्र यादव रहेका छन्। उनले आफू चितवनका डिआईजी हुँ भनी चिनाउँदै गोलबजार नगरपालिका वडा नं. ४ का सरवन मण्डल, फिरन ठाकुर, राजु मण्डल, अमित साह लगायत अन्य व्यक्तिहरूसँग लाखौँ रुपैयाँ ठगी गरेको आरोप लागेको छ।
ठगीमा परेका व्यक्तिहरूले नै सुरेन्द्र यादवलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गोलबजारमा बुझाएका हुन्।
जानकारी अनुसार यादवमाथि जिल्ला प्रहरी कार्यालय सिरहामा मुद्दा समेत चलिरहेको र यही मँगलबार १५ गते उनको पेशी समेत रहेको बुझिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…