भोलीदेखि मात्र आधा सिलिण्डर ग्यास वितरण हुने
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल आयल निगम लिमिटेडले एलपी ग्यासको सम्भावित अभाव नियन्त्रण गर्न विशेष व्यवस्था लागू गर्ने भएको छ। निगमले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा ग्यासको आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित बनाउन नयाँ निर्णय गरिएको जनाएको छ। निगमका अनुसार पछिल्ला दुई–तीन महिनादेखि काठमाडाैं

२०८२ फागुन २८ बिहीबार, राति ८:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल आयल निगम लिमिटेडले एलपी ग्यासको सम्भावित अभाव नियन्त्रण गर्न विशेष व्यवस्था लागू गर्ने भएको छ। निगमले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा ग्यासको आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित बनाउन नयाँ निर्णय गरिएको जनाएको छ।
निगमका अनुसार पछिल्ला दुई–तीन महिनादेखि काठमाडाैं उपत्यकामा एलपी ग्यासको माग अस्वाभाविक रूपमा बढेको देखिएको छ। मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी असर परिरहेको निगमले उल्लेख गरेको छ।
नेपालमा एलपी ग्यास आपूर्ति गर्ने मुख्य मुलुक भारतमै समेत सर्वसाधारणले ग्यास पाउन समस्या भएको समाचार सार्वजनिक भएपछि नेपालमा पनि आवश्यकताभन्दा बढी ग्यास खरिद गरी भण्डारण गर्ने प्रवृत्ति बढेको निगमको भनाइ छ। यसले बजारमा अनावश्यक दबाब सिर्जना भएको जनाइएको छ।
यही अवस्थालाई मध्यनजर गर्दै निगमले मिति २०८२ मंसिर २९ गतेदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म ७.१ केजी एलपी ग्यास भरिएको सिलिन्डर आधा मूल्यमा बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको जनाएको छ। सो सिलिन्डरको मूल्य ७७५ रुपैयाँ तोकिएको छ।
निगमले उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गर्दै बजारमा नियमित आपूर्ति कायम राख्न सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…