Close This

गम्भीर टाउको चोटबाट जीवन फर्काउने न्यूरो सर्जन डा. विजय राउतलाई बिरामीका आफन्तद्वारा सम्मान

२०८२ माघ २२ बुधबार
बिहान ०८:२९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित रहेको न्यूरो हस्पिटलका न्यूरो सर्जन डा. बिजय कुमार राउतलाई एक विरामी पक्षले सम्मान गरेको छ । मँगलबार हस्पिटल परिसरमै डा. राउतलाई सम्मान गरिएको हो । 

धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ९, बरमझियाका राजेश यादव सवारी दुर्घटनामा गम्भीर घाइते भएपछि जटिल टाउको शल्यक्रियामार्फत सफल उपचार गरिएपछि खुसी हुँदै विरामी पक्षले डा. राउतलार्ई हस्पिटल परिसरमै सम्मान गरे । उनको उपचारमा संलग्न चिकित्सक डा. विजय कुमार राउतको असाधारण हेरचाह र समर्पण भन्दै बिरामीका आफन्तले खुलेर प्रशंसा गरेका छन् ।

गत कार्तिक ३० गते सवारी दुर्घटनामा परेका यादवको टाउकोमा गम्भीर चोट लागेको थियो । अवस्था जटिल बनेपछि चिकित्सक डा. विजय कुमार राउतको नेतृत्वमा तत्काल टाउकोको शल्यक्रिया क्रानियोटोमी) गरिएको थियो । शल्यक्रियापछि केही दिन उपचारमा राखी उनलाई डिस्चार्ज गरिएको थियो ।

पुनः आवश्यक उपचारका क्रममा मिति २०८२ माघ १७ गते यादवको टाउकोको हड्डी पुनः जडान गर्ने क्रानियोप्लास्टी शल्यक्रिया गरिएको थियो । सो शल्यक्रियासमेत सफल भएपछि बिरामी पूर्ण रूपमा स्वस्थ अवस्थामा डिस्चार्ज भए । त्यसपछि विरामीका आफन्तले खुसी व्यक्त गर्न डा. राउतलाई सम्मान गरे ।

डिस्चार्जका अवसरमा बिरामीका दाइले डा. विजय कुमार राउतप्रति विशेष कृतज्ञता व्यक्त गर्दै भने, “मेरो भाइको उपचारको क्रममा डा. राउतले देखाउनुभएको करुणा, ध्यान र निरन्तर हेरचाहले उहाँको स्वास्थ्यमा ठूलो परिवर्तन ल्यायो । उहाँले गर्नुभएको योगदान हामी कहिल्यै बिर्सन सक्दैनौँ ।”

बिरामीका आफन्तले डा. राउतको व्यावसायिक दक्षता, मानवीय संवेदना र जिम्मेवार उपचार सेवाको खुलेर प्रशंसा गर्दै सम्मान व्यक्त गरेका छन् । गम्भीर र जटिल अवस्थामा रहेका बिरामीको सफल उपचारले डा. विजय कुमार राउतको चिकित्सकीय क्षमता र सेवाभावलाई फेरि एकपटक प्रमाणित गरेको उनीहरूको भनाइ छ ।

जनकपुरको मुरलीचोकस्थित रहेको जनकपुर न्यूरो हस्पिटललार्ई उदृत गर्दै विरामीका आफन्तले चिकित्सक टिमप्रति खुुसी प्रकट गरे । उनीहरुले जीवन फर्काएको भन्दै गम्छा ओढाएर सम्मान गरेका थिए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

'पाइला पाइलामा मान्छेको, आ-आफ्नै स्वार्थ हुन्छ'

  • २०८२ माघ २२ बुधबार

जिन्दगीको गोरेटोमा एकलै हिड्न सिक्नु । बुझी आफ्नो महत्व,सस्तोमा कहिल्यै न बिक्नु धैर्यता र साहसले, प्रतिस्पर्धा मा टिक्नु। ज्ञान दिने गुरुहरुको, गुण कहिल्यै न बिर्सिनु। जिन्दगी को गोरेटोमा एक्लै हिड्न सिक्नु । पाइला पाइलामा मन्छेको,

पूरा पढ्नुहोस्

Bureau Menus