स्करपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी वीरेन्द्रराज गुरुङका अनुसार नम्बर नखुलेको स्करपियोले पैदलयात्रीलाई ठक्कर दिएपछि फरार भएको छ। फरार स्करपियोको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

२०८२ पुस १५ मंगलबार, बेलुकी ७:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, नवलपरासी । स्कोरपियोले एक पैदल यात्रीलाई ठक्कर दिँदा मृत्यू भएको छ । नवलपुरमा स्करपियोको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको हो।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत गैँडाकोट नगरपालिका–१० स्थित लांघाली चोकमा आज दिउँसो भएको दुर्घटनामा सोही स्थानका ८२ वर्षीय भुवनसिंह मस्रांगी मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी वीरेन्द्रराज गुरुङका अनुसार नम्बर नखुलेको स्करपियोले पैदलयात्रीलाई ठक्कर दिएपछि फरार भएको छ। फरार स्करपियोको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…