जनकपुरमा आजदेखि चार दिनसम्म विद्यालयहरुमा छुट्टी
यसअघि उप–महानगरपालिकाले पुस ११ गते एक दिनका लागि जाडो बिदा दिएको थियो। अत्यधिक चिसोको समयमा विद्यार्थीहरूलाई विद्यालय आउजाउ गर्नुपर्ने बाध्यताबाट जोगाउँदै उनीहरूको स्वास्थ्य सुरक्षा गर्न यो निर्णयले सहयोग पुग्ने विश्वास नगरपालिकाले व्यक्त गरेको छ।

२०८२ पुस १३ आइतबार, बिहान ९:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । एक्कासी अत्यधिक चिसो र शीतलहर बढेपछि जनकपुरधाम उप–महानगरपालिकाले विद्यार्थीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा चार दिन जाडो बिदा दिने निर्णय गरेको छ।
उप–महानगरपालिकाले शनिबार एक सूचना जारी गर्दै मौसममा अपेक्षित सुधार नदेखिएपछि यसअघि घोषणा गरिएको जाडो बिदालाई निरन्तरता दिँदै पुस १३ गतेदेखि १६ गतेसम्म सबै विद्यालयमा पुनः जाडो बिदा कायम गरिएको जनाएको हो।
सूचनामा बाक्लो हुस्सु, अत्यधिक चिसो र शीतलहरका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने सम्भावना देखिएकाले यस्तो निर्णय लिइएको उल्लेख छ। उप–महानगरपालिका अन्तर्गत सञ्चालनमा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई उक्त अवधिमा पठन–पाठन बन्द गरी जाडो बिदा कार्यान्वयन गर्न अनुरोध गरिएको छ।
यसअघि उप–महानगरपालिकाले पुस ११ गते एक दिनका लागि जाडो बिदा दिएको थियो। अत्यधिक चिसोको समयमा विद्यार्थीहरूलाई विद्यालय आउजाउ गर्नुपर्ने बाध्यताबाट जोगाउँदै उनीहरूको स्वास्थ्य सुरक्षा गर्न यो निर्णयले सहयोग पुग्ने विश्वास नगरपालिकाले व्यक्त गरेको छ।
मौसममा सुधार आएपछि विद्यालय सञ्चालनसम्बन्धी थप सूचना आवश्यकता अनुसार सार्वजनिक गरिने उप–महानगरपालिकाले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…