जनकपुरः गहनाको लागि एक महिलाको विभत्स हत्या, औला कटेको देखेपछि खुल्यो छिमेकीको पोल !
उनको औला कटेको देखेपछि स्थानीयहरुले उनीमाथि शंका गरेका थिए । साँझतर्फ खेतमा देखिएकी पक्राउ परेकी महिलाले घाँस काट्ने हँसियामा औला कटेको भनेर एक जनालाई देखाएकी थिइन् । स्थानीयहरुले उनको घरमा जाँदा घर बन्द गरेर श्रीमानसँगै भाग्ने योजनामा देखिएपछि स्थानीयहरुले पक्राउ गरेको थियो । उनको साथबाट मृतकको सुन, चाँदीका गहनाहरु समेत भेटिएको स्थानीयहरुले जनाएका छन् । यता, जिल्ला प्रहरी

२०८२ कार्तिक २५ मंगलबार, दिउँसो ३:०० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक महिलाको विभत्स हत्या भएको छ । धनुषाको हँसपुर नगरपालिका वडा नं. ७ नौवाखोर पर्साहीस्थित महिलाको विभत्स हत्या भएको हो ।
सोमबार साँझ करिब ६ बजेको समयमै हँसपुर नगरपालिका वडा नं. ७ बस्ने स्थानीय विन्देश्वर दासकी ६२ बर्षिय श्रीमति चन्द्रकला दासको धारिलो हतियार प्रहार गरी हत्या गरेको हो ।
दासको आफनै घरदेखि करिब ५०० मिटरको दुरीमा रहेको धानखेतमा उनलाई धारिलो हतियार प्रहार गरी हत्या भएको हो । उनको घाँटी, टाउकोसहित शरिरहको विभिन्न भागमा प्रहार गरी हत्या भएको देखिएको छ ।
घटनास्थलको प्रकृति अनुसार, मृतकसँग आक्रमणकारीको केही बेरसम्म रस्साकस्सी भएको देखिएको छ । धानखेतमा लछारपछार भएको तथा मृतकसँग सँघर्ष भएको प्रकृति देखिएको छ ।
सो घटनामा हत्याको आशंकमा एक जनालाई पक्राउ गरिएको छ । खेतमै घर बनाएका एक स्थानीयलाई पक्राउ गरिएको हो । स्थानीय बिहरिया मण्डलकी श्रीमतिलाई प्रहरीले पक्राउ गरि अनुन्धान प्रक्रिया अगाडी बढाएको छ ।
यसरी भयो हत्याको शंका
उनको औला कटेको देखेपछि स्थानीयहरुले उनीमाथि शंका गरेका थिए । साँझतर्फ खेतमा देखिएकी पक्राउ परेकी महिलाले घाँस काट्ने हँसियामा औला कटेको भनेर एक जनालाई देखाएकी थिइन् । स्थानीयहरुले उनको घरमा जाँदा घर बन्द गरेर श्रीमानसँगै भाग्ने योजनामा देखिएपछि स्थानीयहरुले पक्राउ गरेको थियो । उनको साथबाट मृतकको सुन, चाँदीका गहनाहरु समेत भेटिएको स्थानीयहरुले जनाएका छन् ।
यता, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता गणेश बहादुर बमका अनुसार, एक जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…