धनुषाधामका जेष्ठ नागरिकहरुलाई वडाध्यक्षले गरे सम्मान
सो वडाभित्रमा विभिन्न समाजिक कार्यमा योग्दान दिएका नागरिकहरुलाई सम्मान गरिएको वडाध्यक्ष महतोले जनाए । उनका अनुसार, समाज सुधार, समाजिक अगुवा, समाजका रितिरिवाज धरोहरको रुपमा रहेका नागरिकलाई स्थानीय सरकारको हैसियतले सम्मान गरेको बताए ।

२०८२ कार्तिक २५ मंगलबार, बिहान ८:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ का वडाध्यक्षले वडाभरिका जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
वडा कार्यालयले सम्मान समारोहको आयोजन गरी वडाध्यक्ष ईन्द्र कुमार महतोले वडाभित्रका जेष्ठ नागरिकहरुलाई सम्मान गरेका हुन् ।
वडाध्यक्ष महतोको अध्यक्षता एवम् नगर प्रमुख बालेश्वर मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न भएको सम्मान कार्यक्रममा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो ।
सो वडाभित्रमा विभिन्न समाजिक कार्यमा योग्दान दिएका नागरिकहरुलाई सम्मान गरिएको वडाध्यक्ष महतोले जनाए । उनका अनुसार, समाज सुधार, समाजिक अगुवा, समाजका रितिरिवाज धरोहरको रुपमा रहेका नागरिकलाई स्थानीय सरकारको हैसियतले सम्मान गरेको बताए ।
नगरपालिकाकी उपप्रमुख विद्या देवी भुजेल र प्रमुख प्रशासकीय अधिकृत सुनिल कुमार पासवानको विशेष उपस्थितिमा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको जनाइएको छ ।
त्यसैगरी वडा नं. ६ का वडा अध्यक्ष रिषिकेश लामा लगायत नगर कार्यपालिका सदस्यहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा ३०० भन्दा बढी जेष्ठ नागरिकहरूलाई चादर, लौरो र छाता वितरण गर्दै सम्मान गरिएको थियो।
वडा अध्यक्षका अनुसार, “सोचेको भन्दा बढी मानिसहरूको सहभागिता हुनु हाम्रो लागि गर्वको कुरा हो। यसले जेष्ठ नागरिकहरूप्रति सबैको आदर र माया झल्काउँछ,” उनले भने।
उक्त कार्यक्रममा जेष्ठ नागरिकहरूको योगदानको कदर गर्दै समाजमा आपसी सद्भाव, आदर र आत्मीयता बढाउने उद्देश्य रहेको वडा कार्यालयले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…