धनुषामा सिसिटिभीको अगाडीमै रहेको होटलबाट करिब दुई लाखको चोरी
सिसिटीभी जडान गरिएको ठाउँमा समेत चोरी भएपछि स्थानीयहरुमा जनप्रतिनीधिप्रति अविश्वास बढेको छ । वडा कार्यालयले जडान गरेको क्यामेरा सँचालनमा नै नरहेको जनाइएइको छ । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको छ ।

२०८२ कार्तिक २३ आइतबार, बिहान ७:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ पर्वताको एक होटलबाट करिब दुई लाख बराबरको चोरी भएको छ ।
परिक्रममा सडकमा रहेको पर्वता चौकस्थित एक खजा पसलबाट शुक्रबार राती करिब दुई लाख बराबरको चोरी भएको हो ।
पर्वता बजारको परिक्रममा सडक देखि पश्चिम तथा समुदायिक मावि विद्यालयको फिल्डसँगै रहेको स्थानीय रामबाबु साहको होटलबाट १ लाख ७० हजार रुपैयाँ बराबरको सरसमान र नगद चोरी भएको जनाइएको छ ।
साहले सँचालन गर्दै आएको होटलको माथिल्लो जस्तापाता (चदरा) हटाएर चोरी भएको पीडित साहले जनाए । परिक्रमा सडक र पर्वता बजारमा वडा कार्यालयले जडान गरेको सिसिटिभी क्यामेरा निगरानीमा रहेको बेला चोरी भएको हो ।
सिसिटीभी जडान गरिएको ठाउँमा समेत चोरी भएपछि स्थानीयहरुमा जनप्रतिनीधिप्रति अविश्वास बढेको छ । वडा कार्यालयले जडान गरेको क्यामेरा सँचालनमा नै नरहेको जनाइएइको छ । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…