
न्यूज ब्यूरो, जनकपुरधाम । एक महिलाको घर पसेर एक युवक पटक पटक बलात्कार प्रयास गरेको आरोप लगाइएकोक छ ।
धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नं. ६ सिरसिया टोलस्थित एक महिलामाथि सोही स्थान बस्ने मुकेश यादव नामक युवकले पटक पटक घर पसेको आरोप लगाइएको छ ।
गत सोमबार राती घरमा कोही नभएको मौका छोपेर स्थानीय एक महिलाको घरमा पुनः पसेर महिलामाथि बलात्कार प्रयास गरेको आरोप परिवारजनले लगाएका छन् ।
सोमबार राती करिब पौने १ बजेको समयमा सासु ससुरा जनकपुरको घरमा रहेको बेला एक्लै रहेकी बुहारीमाथि स्थानीय मुकेश यादवले पटक पटक घर पसेर जबरजस्ती करणीको प्रयास गरेको आरोप परिवारजनको छ ।
केही महिना अगाडी समेत मुकेश घर पसेका थिए । घरमा कोही नभएको, महिला एक्ली भएको मौका छोपेर घर पस्ने गरेको आरोप परिवारजनले लगाएका छन् । यसअघि घर पसेका मुकेशलाई छिमेकी भएकै कारण एक पटकलाई माफ गरेको पीडित महिलाकी जेठा ससुरा रामबाबु साहले बताए । एक पटक छाडिएपछि मुकेश गत सोमबार राती पुनः घर पसेको आरोप उनले लगाए ।
जनप्रतिनीधिसँगको सम्बन्ध रहेको मुकेशको घर र पीडित महिलाको घर एकै ठाउँमा भएको कारणले छतमाथिबाट आएर घर पस्ने गरेको आरोप छ ।
सासुससुरा घरमा नभएको मौका हेरेर मुकेशले पीडित भनिएकी महिला शौँचालय जाँदै गरेको छतबाट देखेका थिए । मुकेश र पीडित महिलाको छत जोडिएको छ । सोही छतबाट ओर्लेर शौचालयबाट फिर्ता आउनुभन्दा अगाडी नै मुकेश घरमा लुकेर बसेको पीडित महिलाले बताइन् ।
महिलाका अनुसार, आफू घरमा पसेर चुकुल लगाएपछि मुकेश आफूमाथि जबरदस्ती गर्न थालेका थिए । जबरजस्ती गरेपछि पीडित महिला चिच्याइन् । त्यसपछि उनकी देवरानी समेत उनको कोठामा पुग्ने प्रयास गरिन् । भित्रबाट चुकुल हानेर पीडितमाथि मुकेश कुटपिट गरिरहेका थिए । देवरानीले समेत हल्ला गरेपछि चुकुल खोलेका थिए । त्यसपछि मुकेशले दुवै जनाको मोबाईल खोसेर गोजीमा राख्दै कसैलाई बताए आफू मरेर फँसाउने धम्की दिए ।
पीडितको सल लिएर आफ्नै घाँटीमा बेरेर मर्ने धम्की दिएपछि महिलाहरु डराइन् । त्यतिबेला घरबाट उम्केका मुकेशको बारेमा त्यतिबेला पीडित महिलाले आफ्नो सासुससुरालाई खवर गरिसकेकी थिइन् । जबरजस्ती गरिरहेको बेलामै ससुरालाई फोन लगाएकी थिइन पीडित महिला । फोन उठाएर उनको ससुरा सबै कुरा सुनिरहेका थिए । – पीडितकी देवरानीले बताइन् ।
मुकेश यस्ता घटना पटक पटक गरेको भन्दै यसपाली कानुनी कारवाहीको माग गरिएको छ । यद्यपी, अहिलेसम्म प्रहरीमा कुनै उजुरी, निवेदन भने दिएका छैनन् ।
पीडक पक्ष भनिएका मुकेशको तर्फबाट ८ लाख रुपैयाँमा मिलापत्र गर्न दबाब आएको पीडितकी जेठा ससुरा साहले बताए । यो आरोपलाई वर्तमान वडाध्यक्ष बिमलेश यादवले समेत पुष्टि गरे । उनका अनुसार, मुकेशले यसअघि पनि यस्तो घटना गरेको सुनाए ।
सोही क्रममा वडा नंं ६ का पूर्ववडाध्यक्षले समेत मुकेश पटक पटक उनको घरमा पसेर जबरजस्ती करणीको असफल प्रयास गरेको बताए । उनले यस्ता तत्वलाई समाजबाट बहिष्कार हुनुपर्ने बताए ।
जानकारी अनुसार, घटनापछि मुकेश गाउँबाट फरार भएका छन् ।
५ बर्षको लभ पछि 'प्रेम विवाह', अहिले दाईजोमा ६० लाख नगदसहित सुन र जमिन माग्दै !
- २०८२ असोज २९ बुधबार
न्यूज ब्यूरो, सिरहा । सिरहामा प्रेम विवाह गरेकी एक युवतिलाई ससुरा पक्षले दाईजोको लागि परेशान गरेपछि मुद्दा दायर भएको छ । सिरहाको अर्नमा गाउँपालिका वडा नं. २ ब्रम्हपुरीमा एउटा प्रेम विवाहले
पूरा पढ्नुहोस्