धनुषाको ठाढीबाट ब्राउनसुगरसहित सर्लाहीका एक युवक पक्राउ 

२०८२ असोज २६ आइतबार
बेलुकी ६:५१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक जना युवकलाई पक्राउ गरेको छ । 

धनुषाको ईलाका प्रहरी कार्यालय खजुरी माहतह प्रहरीचौकी ठाढीले चेकजाँचको क्रममा आईतबार दिउँसो ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको हो । 

नियमित चेकजाँचको क्रममा शंका लागेपछि प्रहरी चौकीको गेट अगाडी नै पक्राउ गरिएको हो । प्रहरी चौकी प्रमुख प्रहरी सहायक नीरिक्षक सुरेश कुमार सिँहको कमाण्डमा खटेको टोलीले सर्लाहीको छिदेश्वर नगरापलिका वडा नं. ४ बस्ने जोगिन्द्र सहनीको अन्दाजी बर्ष २० को छोरा नन्दु सहनीलाई पक्राउ गरिएको हो । 

भारत महिनाथपुरबाट ब्राउनसुगर सहित नेपाल तर्फ आउँदै गर्दा सहनीलाई ९.१८० मिलिग्रामसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

सहनीलाई पक्राउ गरी अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाएको प्रहरी चौकी ईन्चार्ज सिँहले बताए । 

  • 0%
  • 20%
  • 0%
  • 40%
  • 0%
  • 20%

Bureau Menus