धनुषाको ठाढीबाट ब्राउनसुगरसहित सर्लाहीका एक युवक पक्राउ
नियमित चेकजाँचको क्रममा शंका लागेपछि प्रहरी चौकीको गेट अगाडी नै पक्राउ गरिएको हो । प्रहरी चौकी प्रमुख प्रहरी सहायक नीरिक्षक सुरेश कुमार सिँहको कमाण्डमा खटेको टोलीले सर्लाहीको छिदेश्वर नगरापलिका वडा नं. ४ बस्ने जोगिन्द्र सहनीको अन्दाजी बर्ष २० को छोरा नन्दु सहनीलाई पक्राउ गरिएको हो ।

२०८२ असोज २६ आइतबार, बेलुकी ६:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक जना युवकलाई पक्राउ गरेको छ ।
धनुषाको ईलाका प्रहरी कार्यालय खजुरी माहतह प्रहरीचौकी ठाढीले चेकजाँचको क्रममा आईतबार दिउँसो ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको हो ।
नियमित चेकजाँचको क्रममा शंका लागेपछि प्रहरी चौकीको गेट अगाडी नै पक्राउ गरिएको हो । प्रहरी चौकी प्रमुख प्रहरी सहायक नीरिक्षक सुरेश कुमार सिँहको कमाण्डमा खटेको टोलीले सर्लाहीको छिदेश्वर नगरापलिका वडा नं. ४ बस्ने जोगिन्द्र सहनीको अन्दाजी बर्ष २० को छोरा नन्दु सहनीलाई पक्राउ गरिएको हो ।
भारत महिनाथपुरबाट ब्राउनसुगर सहित नेपाल तर्फ आउँदै गर्दा सहनीलाई ९.१८० मिलिग्रामसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
सहनीलाई पक्राउ गरी अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाएको प्रहरी चौकी ईन्चार्ज सिँहले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…