
न्यूज ब्यूरो, वीरगँज । पर्साको वीरगञ्जमा एक साता अघि एकजना हत्या गर्ने मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको दाबी गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा– १० स्थित गीता मन्दिर छेउमा गत असोज १४ गते राति भएको शिवम साह कानु ‘गोल्डेन’को हत्यामा संलग्न मुख्य आरोपीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
स्रोतका अनुसार हत्याका मुख्य अभियुक्त अंशु गिरीलाई घटनाको एक सातापछि वीरगन्जबाट पक्राउ गरिएको हो । गिरी पर्साको पकहामैनपुर गाउँपालिका–४ धोरे घर भएका हुन् । जिल्ला प्रहरी कार्यालय पर्साले गोल्डेनको हत्या ‘कुख्यात ग्याङस्टर’ बन्ने युवाहरूको होडबाजी र उनीहरूबीचको पुरानो रिसइबी साध्ने प्रतिशोधका कारण भएको जनाएको थियो ।
गत असोज १४ गते राति करिब ११ः३० बजे झैँ–झगडा भएको थियो । कुटपिटबाट गम्भीर घाइते भएका अन्दाजी २४ वर्षीय गोल्डेनलाई तत्काल नारायणी अस्पताल पु¥याइए पनि उपचारकै क्रममा उनलाई मृत घोषणा गरिएको थियो । पर्सा प्रहरी अनुसन्धानका क्रममा मृतक गोल्डेन र विपक्षी समूहबीच विगतमा समेत झैझगडा हुने गरेको खुलेको छ ।
घटनाको दिन गोल्डेन गहवामाईको मेला हेर्न गएको मौका छोपी पुरानो रिसइबी साध्नका लागि विपक्षी समूहका युवाहरूले उनलाई एक्लै पारेर आक्रमण गरेका थिए ।
प्रहरीका अनुसार आरोपीहरूले हात, मुक्काका साथै बाँसका भाटा समेत प्रहार गरी उनको हत्या गरेका थिए । मुख्य अभियुक्त भनिएका गिरी पक्राउ पर्नुअघि नै पर्सा प्रहरीले हत्यामा संलग्न थप पाँच जनालाई पक्राउ गरिसकेको छ ।
पक्राउ पर्नेमा १९ वर्षीय गौतम पटेल, २० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमिरी पटेल ९करण प्रसाद पटेल०, २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवा रहेको जनाइएको छ ।
आज रातीदेखि नागरिक एपबाटै मतदाता नामावली दर्ता गर्न सकिने
- २०८२ असोज २२ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । आज राति ११:५९ बजेदेखि नागरिक एपमार्फत मतदाता नामावली दर्ताका लागि प्रि-इनरोलमेन्ट सेवा सुरु हुने भएको छ। डिजिटल माध्यमबाट मतदाता नामावली दर्ता प्रक्रियालाई अझ सहज र पहुँचयोग्य
पूरा पढ्नुहोस्