
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली, भोजपुरी तथा मैथिली गीत–संगीत क्षेत्रमा कार्य गर्दै आएका संगीतकार सन्तोष राज सहनीले एकैपटक तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) का गीतमा संगीत भर्ने भएका छन्।
नेपाल प्रहरी काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआइजी तथा गीतकार टेकबहादुर तामाङको गीतमा सन्तोष राजले संगीत भरेका छन्। त्यस्तै, नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (CIB) का प्रमुख एआइजी तथा गीतकार चन्द्र कुबेर खापुङको गीतमा पनि उनले संगीत भरेका छन्। यसैगरी, प्रहरी प्रधान कार्यालय नक्साल, मानव स्रोत विकास विभागका प्रमुख एआइजी तथा गीतकार दानबहादुर कार्कीको गीतमा समेत सन्तोष राजले संगीत भर्ने भएका हुन्।
यससँगै सन्तोष राजको संगीतमा नयाँ नेपाली र भोजपुरी गीतहरू पनि आउँदै छन्। ‘बिदेशमा बोल’ बोलको गीतमा बलिउड गायक उदित नारायण र दीपा नारायणको स्वर रहनेछ भने गीतकार सुरेन्द्र महर्जन ‘अमर’ का शब्द रहेका छन्। सो गीत रेकर्डिङ प्रक्रियामा छ।
त्यस्तै ‘भम तिम्रो आँगनिमा कहिले टेक्ने हो’ बोलको गीतमा बलिउड गायक कुमार सानु र सेलिना कुँवरको स्वर रहनेछ। गीतकार रमेश कोइरालाको शब्दमा सो गीतको रेकर्डिङ भइरहेको छ।
यस्तै, चलचित्र ‘दर्शन नमस्ते–५’ को शीर्ष गीतमा राजेश पायल राईले स्वर दिने भएका छन्। सो गीत राजेन्द्र थापाको शब्दमा रेकर्डिङ हुँदै छ।
भोजपुरी गीततर्फ पनि सन्तोष राज व्यस्त छन्। ‘करना बहाना रानी’ बोलको गीतमा बिक्रम्त मेहता र शिल्पी राजको स्वर रहनेछ भने शब्द उमालाल यादवले लेखेका छन्। त्यस्तै, ‘हम त भईनी तोहार’ बोलको गीतमा भने सन्तोष राजले आफैं स्वर र संगीत दिने भएका छन्।
चन्द्र कुबेर खापुङ भदौ १८ गते आईजिपीमा बढुवा हुन लागेको बताईएको छ ।
जनकपुरः घर पसेर महिलामाथि पटक पटक जबरदस्तीको प्रयास, मिलापत्र गर्न ८ लाखको अफर गरेको आरोप
- २०८२ भदौ ४ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । एक महिलाको घर पसेर एक युवक पटक पटक बलात्कार प्रयास गरेको आरोप लगाइएकोक छ । धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नं. ६ सिरसिया टोलस्थित एक महिलामाथि सोही स्थान
पूरा पढ्नुहोस्