प्रदेश सरकारको विज्ञापन स्थानीय मिडियामा प्रभावकारी वितरण हुनुपर्छः कार्यवाहक अध्यक्ष यादव
कार्यक्रममा सहभागी वक्ताहरूले मधेस प्रदेशमा सञ्चार क्षेत्रले भोग्दै आएको समस्याबारे अभिव्यक्ति दिएका थिए। पत्रकार हरिबंश यादवले सबै सञ्चारकर्मी एक भएर बोल्नुको आवश्यकता औंल्याउँदै स्थानीय मुद्दामा ध्यान केन्द्रित नहुदा चिन्ता व्यक्त गरे।

२०८२ साउन २१ बुधबार, बिहान ८:३५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, २१ साउन । मधेश प्रदेश मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेश यादवले स्थानीय सँचारमाध्यममा प्रदेश सरकारको विज्ञापन प्रभावकारी वितरण हुनुपर्ने धारणा राखेका छन् ।
मँगलबार जनकपुरमा एक सँचारमाध्यमको बार्षिकोत्सवको अवसरमा बोल्दै कार्यवाहक अध्यक्ष यादवले प्रदेश सरकारबाट प्राप्त हुने् विज्ञापन बजेट स्थानीय मिडियामा प्रभावकारी रुपमा वितरण भए यहाँका मिडियाले राहतको साँस लिने बताए ।
उनले संघसंस्थाको नाममा बहाना बनाएर पत्रकार महासंघले समस्यालाई टार्न नहुने बताए। मिडियाको नाममा कपि–पेस्ट गर्ने संचारगृह र लोककल्याणकारी विज्ञापन दिने चलनको विरोध गर्दै व्यावसायिक पत्रकारिता नै समस्या समाधानको उपाय भएको उल्लेख गरे।
पत्रकारिता गर्नु भनेको जिम्मेवारी हो, न कि कमिशनको खेल, उनले भने। उनले मिडिया काउन्सिलमार्फत अनलाइन मिडियालाई सूचीबद्ध गरी व्यवस्थित गर्नुपर्ने धारणा पनि राखे।
धनुष टिभी को प्रथम वार्षिकोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता सञ्चालिका कंचन ठाकुरले गरेकी थिइन् भने प्रमुख अतिथिको रूपमा मधेस प्रदेश मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेश यादव सहभागी थिए।
कार्यक्रममा पत्रकार कैलास दासले ग्रामीण क्षेत्रबाट सञ्चार क्षेत्रमा रेडियो संचालन गरेर जनकपुरधाम धनुषा टिभी संचालन गरेका मुकेश ठाकुरलाई बधाई तथा धन्यवाद दिएका थिए । लोककल्याणकारी विज्ञापन सबै सञ्चारमाध्यममा बराबरी रूपमा पुग्नुपर्ने तर्क राखे। उनले भने,“८० प्रतिशत विज्ञापन केन्द्रमा जानु उचित होइन, यसमा पत्रकार महासंघले नेतृत्व लिनुपर्छ।”
कार्यक्रममा स्वागत मन्तव्य धनुष टिभीका पत्रकार अनिल निरालाले राखेका थिए। कार्यक्रमको सञ्चालन भने रेडियो धनुषका सञ्चालक मुकेश ठाकुरले गरेका थिए।
कार्यक्रममा सहभागी वक्ताहरूले मधेस प्रदेशमा सञ्चार क्षेत्रले भोग्दै आएको समस्याबारे अभिव्यक्ति दिएका थिए। पत्रकार हरिबंश यादवले सबै सञ्चारकर्मी एक भएर बोल्नुको आवश्यकता औंल्याउँदै स्थानीय मुद्दामा ध्यान केन्द्रित नहुदा चिन्ता व्यक्त गरे।
सँचारकर्मी मुकेश दुबेले जनकपुरमा सञ्चालित मिडिया हाउसहरू आर्थिक संकटमा रहेको र व्यवस्थापन गर्न गाह्रो भइरहेको बताए। पत्रकार बिष्णु कुवरले मधेस प्रदेश सरकार तथा स्थानीय तहहरुले छुट्याइएको बजेट केन्द्रिय मिडियामा जाने गरेको र थुप्रै टेलिभिजन बन्द हुने स्थितिबारे औंल्याउँदै अभिमुखीकरण कार्यक्रम आवश्यक भएको बताए।
रामज्ञान मण्डलले धनुषा टिभीले आवाजविहीनको आवाज बनेर उत्कृष्ट काम गरेको भन्दै संघीयतामा पनि मिडिया र पत्रकारको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। उनले स्थानीय स्तरको विज्ञापन स्थानीय मिडियामै जानुपर्ने माग राखे।
पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन गुप्ताले धनुषा टिभीको वार्षिकोत्सवलाई ठूलो उपलब्धि भन्दै पत्रकारिता क्षेत्रमा गुणस्तरीयता र समन्वयको अभाव रहेको बताए। उनले पत्रकार एकजुट भए मात्र महासंघ बलियो हुन्छ भन्दै सबैलाई एक भएर अगाडि बढ्न आह्वान गरे।
कार्यक्रममा अनिल कुमार निरालालाई उत्कृष्ट संवाददाता सम्मानपत्र बिरेन्द्र रायलाई चिफ इडिटर सम्मान, तथा सञ्चारकर्मीहरू बिष्णु कुवर, इसिका भुजेल, वडा अध्यक्ष मिथिला साह, धिरेश दत्त, अरविन्द कुमार महतो, ओमप्रकाश साहलगायत उपस्थित सम्पुर्ण संचारकर्मीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रममा बिशुद्ध रुपमा श्रमजीवी पत्रकारहरुलाई आमन्त्रण गरिएको थियो ।
धनुषा टिभीको प्रथम वार्षिकोत्सवले स्थानीय सञ्चार माध्यमको समस्याहरूको बहस मात्र होइन, समाधानका दिशा पनि संकेत गर्यो। वक्ताहरूले आ(आफ्नो अनुभव साटासाट गर्दै मधेसमा सञ्चार क्षेत्रको मजबुतीका लागि सहकार्य, स्वाभिमान र व्यावसायिकताको खाँचो औंल्याए।
कार्यक्रममा बिशिस्ट अतिथि हंसपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख रामज्ञान मण्डलको उपस्थिति रहेको थियो ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…