काठमान्डौँको हस्पिटलमा आयुसको मृत्यू, न्यूरो हस्पिटल जनकपुरलाई बदनाम गर्ने षडयन्त्र गरियोः अस्पताल प्रशासन
अस्पतालका अनुसार २०८१ गत माघ महिनाको १९ गतेमै सवारी दुर्घटना भई न्यूरो अस्पताल भर्ना भएका आयुसलाई फागुन २६ गतेसम्म उपचार गरिएको बताईएको छ । आयुसका बुवाले उनलाई काठमान्डौँस्थित ट्रमा सेन्टरमा लगेको बताउँदै ४५ लाख रुपैयाँको कुरा अफवाह, अस्पताललाई बदनाम गर्ने षडयन्त्रण मात्र रहेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

२०८२ साउन ६ मंगलबार, राति ९:१७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित रहेको मधेश प्रदेशको एक मात्र न्यूरो हस्पिटलले समाजिक सँजालमा आएको विरामीको मृत्यू भएको घटनामा स्पष्टिकरण दिएको छ ।
समाजिक सँजाल फेसबुकमा एक विरामी (मृतक) को अभिभावकले न्यूरो हस्पिटलमा आफ्नो छोराको मृत्यू भएको दाबी गलत र अफवाह मात्र रहेको अस्पताल प्रशासनले पत्रकार सम्मेलन गरी दाबी गरेको छ ।
मँगलबार पत्रकार सम्मेलन गर्दै जनकपुर न्यूरो हस्पिटलले धनुषाको हँसपुर नगरपालिका वडा नं. ६ सोनिगामा बस्ने बर्ष १६ का आयुस साहको दुर्घटनामा परी गम्भिर घाईते भएकोमा जनकपुरको न्यूरो हस्पिटलमा उपचार गराएपछि रिफर गरिएको र काठमान्डौँमै मृत्यू भएको दाबी गरेका छन् ।
अस्पतालका अनुसार उनको मृत्यु उक्त अस्पतालमा नभइ अन्यत्र भएको हो।
साउन १ गते राति सडक दुर्घटनामा घाइते भएका साहलाई गम्भीर अवस्थामा जनकपुर न्युरो अस्पताल ल्याइएको थियो। मस्तिष्कमा गम्भीर चोट लागेका उनलाई तत्काल इमर्जेन्सी सेवा अन्तर्गत उपचार प्रक्रिया सुरु गरिएको अस्पतालले जनाएको छ। “घटनास्थलबाट ल्याइएका घाइतेको तत्काल शल्यक्रिया गरी सघन उपचार कक्षमा राखेर उपचार थालिएको थियो ।”– अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

अस्पतालका अनुसार २०८१ गत माघ महिनाको १९ गतेमै सवारी दुर्घटना भई न्यूरो अस्पताल भर्ना भएका आयुसलाई फागुन २६ गतेसम्म उपचार गरिएको बताईएको छ । आयुसका बुवाले उनलाई काठमान्डौँस्थित ट्रमा सेन्टरमा लगेको बताउँदै ४५ लाख रुपैयाँको कुरा अफवाह, अस्पताललाई बदनाम गर्ने षडयन्त्रण मात्र रहेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
साहको निधनको समाचार सामाजिक सञ्जालमार्फत फैलिएको थियो। तर अस्पतालले उक्त मृत्यु आफ्नै परिसरमा नभएको स्पष्ट पारेको हो। “जनकपुर न्युरो अस्पतालमा उपचाररत घाइतेको मृत्यु नभएको जानकारी गराउँदै हामी मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दछौं,” अस्पताल प्रशासनले भनेको छ।
अस्पतालले गम्भीर अवस्थाका बिरामीको उपचारमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत जनाएको छ।
समाजिक सँजालमा आयुषका बुवासँग प्रोपागाण्डा हिसाबले भिडियो बनाएर राखिएको पाईएको छ । यसका केही कथित पत्रकारहरुले न्यूरो हस्पिटलविरुद्ध षडयन्त्रपूर्वक मिथ्या अफवाह फैलाएको आरोप अस्पताल प्रशासनको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…