जनकपुरमा पेस्तोल देखाएर लुटपाट गर्ने एक पेशेवर लुटेरा पक्राउ 

२०८२ श्रावण २ बिहीबार
बिहान ०७:०६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल भारत सिमानामा दिउँसै पेस्तोल देखाएर लुटपाट गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेको छ ।

धनुषाको जनकनन्दनी गाउँपालिका वडा नंं १ कमला नदिको बाँधमा दिउँसै पेस्तोल देखाएर लुटपाट गर्ने क्रममा भारतको बिहार राज्य जिल्ला मधुवनी ग्रामपञ्चायत उस्राही थाना देवधा ८, पिठुवा टोल बस्ने वर्ष २३ का विजय मुखियालाई प्रहरीले नियन्त्रणमा लिइ आज सार्वजनिक गरिएको हो ।

उनले असार २० गते जनकनन्दनी वडा नंं १ बस्ने अजय कुमार गोइतलाई पेस्तोल तेर्साएर नगद दुई लाख १६ हजार, १२ लाख १० हजार बराबरको चेक र एप्पल कम्पनीको–१६ प्रो. आइफोन लुटपाट गरेको आरोपमा प्रहरीले भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेको हो ।

गोइत बैङ्कमा पैसा जम्मा गर्न जाने बेला बाटो छेकेर मुखियाले लुटपाट गरेका थिए । मुखियालाई प्रहरीले सोमबार साँझ धनुषाको सबैला नगरपालिका वडा नंं ९ ठिल्लाबाट पक्राउ गरेको थियो । उनले लुटपाटमा प्रयोग गरेको विआर ३२ एवाई ३९३८ नम्बरको निलो रङ्गको अपाचे मोटरसाइकल र ब्याग बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीले मुखिया पेशेवर लुटेरा रहेको बताउनु भयो । भारतमा मुखिया माथि ९÷१० वटा मुद्दा रहेको प्रहरी उपरीक्षकले जानकारी दिनु भयो ।

प्रहरी उपरीक्षक रेग्मीले लुटेराहरू भारतमा लुटपाट गरेर नेपालमा लुक्ने गरेको र नेपालमा लुटपाट गरेर भारत लुक्ने गरेको जानकारी दिनुभयो । धनुषा–सिरहा तथा भारतको सीमाना नजिक नै उक्त लुटपाटको घटना भएकोमा प्रहरीले सोही दिन देखि नै अनुसन्धान बढाएको थियो। पक्राउ परेका मुखियामाथि थप अनुसन्धानका लागि धनुषा जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको उपरीक्षक रेग्मीले जानकारी दिनुभयो ।

  • 60%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०८२ श्रावण २ बिहीबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus