लागुऔषध गाँजासहित एक जना पक्राउ, दुई क्विन्टलभन्दा बढी गाँजा बरामद
जिल्ला प्रहरी कार्यालय सिरहा र प्रहरी चौकी औरहीबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा २०८२ असार २७ गते राति करिब १०ः३० बजे सवारी साधनमार्फत लागुऔषध गाँजा ओसारपसार भइरहेको अवस्थामा उक्त गाँजा लोड गरिएको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको हो।

२०८२ असार २९ आइतबार, बेलुकी ५:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाको औरही गाउँपालिका वडा नं. ५ मलाह टोलबाट प्रहरीले ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गर्दै एक जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहा र प्रहरी चौकी औरहीबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा २०८२ असार २७ गते राति करिब १०ः३० बजे सवारी साधनमार्फत लागुऔषध गाँजा ओसारपसार भइरहेको अवस्थामा उक्त गाँजा लोड गरिएको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्ति औरही गाउँपालिका–५ मलाह टोल निवासी २३ वर्षीय राम उदगार मलाह रहेका छन्। प्रहरीले प्रयोगमा रहेको प्रदेश २–०१–००३ प २१५४ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ।
प्रहरीका अनुसार, मोटरसाइकलमा लोड गरिएको ७ वटा पोका तौल गर्दा जम्मा २ क्विन्टल १२ किलो ९२५ ग्राम गाँजा रहेको पाइएको छ। पक्राउ परेका मलाहलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ।
सिरहा जिल्ला अदालतबाट मिति २०८२ असार २९ गते ५ दिनको म्याद लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ। यस प्रकरणमा गाँजाको स्रोत, संलग्न अन्य व्यक्ति तथा ओसारपसारको सञ्जालबारे थप अनुसन्धान भइरहेको बताइएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…