जिल्ला प्रहरी कार्यालय धनुषामा जनकपुर न्यूरो हस्पिटलको स्वास्थ्य परीक्षण, केही जवानहरुमा घुँटाको समस्या
चेकजाँचको क्रममा अधिकांश प्रहरी जवानमा घुँडाको समस्या देखिएको छ । उनीहरुको समयमा खानपिन, कम आरामको कारणले यस्तो समस्या देखिएको डा. राउतले बताए । उनका अनुसार, यो समस्या जटिल नभएर समान्य रहेको बताए ।

२०८२ असार १४ शनिबार, राति ९:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशको चर्चित एवम् एक मात्र जनकपुर न्यूरो हस्पिटलले धनुषा जिल्ला प्रहरी कार्यालयमा स्वास्थ्य परीक्षण शिविर चलाएको छ ।
शनिबार जिल्ला प्रहरी कार्यालय धनुषामा पुगेको न्यूरो हस्पिटलका टीमले प्रहरी जवान, अधिकारीहरुसहित थुनुवाहरुलाई समेत स्वास्थ्य परीक्षण गरेको हो ।
जनकपुर न्यूरो हस्पिटलका सर्जन डा. विजय कुमार राउत नेतृत्वको चिकित्सकहरुको टीमले न्यूरो, अर्थोपेडिक र जेनेरल मेडिसिनको चेकजाँच गरिएको हो ।
चेकजाँचको क्रममा अधिकांश प्रहरी जवानमा घुँडाको समस्या देखिएको छ । उनीहरुको समयमा खानपिन, कम आरामको कारणले यस्तो समस्या देखिएको डा. राउतले बताए । उनका अनुसार, यो समस्या जटिल नभएर समान्य रहेको बताए ।
केही जवानहरुमा फँगल ईन्फेक्सनको समस्या समेत देखिएको बताउँदै उनले एउटा पनि प्रहरी जवान वा अधिकारीमा जटिल समस्या नदेखिएको बताए । समयमा खानपिन नहुँदा यस्तो समान्य समस्या आएको बताए ।
जिल्ला प्रहरी कार्यालय धनुषाका कर्मचारीहरुसहित करिब ६० जना थुनुवालाई स्वास्थ्य चेकजाँच गरिएको न्यूरो हस्पिटलका प्रवक्ता सँजय कुमार मण्डलले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…