सिरहामा मोसाले ठक्कर दिँदा तीन जनाको मृत्यू !
शुक्रबार बेलुकि पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०१–००३–प. ३२३० नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको साइकल एक आपसमा ठोकिदा चालकसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

२०८२ असार ६ शुक्रबार, राति ८:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा मोटरसाइकलले साइकललाई ठक्कर दिदा तिन जनाको मृत्यु भएका छन्।
सिराहा नगरपालिका वडा नम्बर १८ हुलाकी सडक खण्डमा मोटरसाइकल र साइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
शुक्रबार बेलुकि पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०१–००३–प. ३२३० नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको साइकल एक आपसमा ठोकिदा चालकसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा सिरहाको कल्याणपुर नगरपालिका २ बेल्हाका प्रदिप मुखिया,कल्याणपुर १२ का नरेस मुखिया र सिरहा नगरपालिका वडा नम्बर २ का कुसे राय रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले बताएको छ।
मृत्यु भएका तिनै जनाको पोस्ट्मार्टमका लागि प्रादेशिक अस्पताल सिराहामा पठाइएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…