कमला नगरपालिकामा किशोर लक्षित लागुऔषध नियन्त्रण सम्बन्धी पाँच दिने तालिम सुरु
तालिमको उद्देश्य किशोरहरूलाई लागुऔषधको जोखिमबाट जोगाउने, उनीहरूमा आत्मविश्वास र निर्णय क्षमताको विकास गर्ने, र समुदायस्तरमै लागुऔषधविरुद्ध सचेतना अभिवृद्धि गर्नु हो। आयोजक संस्थाका अनुसार तालिमपछि सहभागीहरूले विद्यालय र टोलमा सचेतना कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।

२०८२ असार २ सोमबार, बेलुकी ७:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कमला नगरपालिका, धनुषामा किशोर लक्षित लागुऔषध दुरुपयोग नियन्त्रण सम्बन्धी पाँच दिने विशेष तालिम सुरु भएको छ। तालिम असार २ गतेदेखि ६ गतेसम्म सञ्चालन हुनेछ।
तालिमको पहिलो कार्यक्रम माचि झिटकैयास्थित जनहित माध्यमिक विद्यालयमा र दोस्रो कार्यक्रम मँगराहा इश्वरपुरवास्थित जनता माध्यमिक विद्यालयमा सम्पन्न हुँदैछ।
दुई ठाउँमा सञ्चालन भइरहेका तालिममा कमला नगरपालिकाका विभिन्न वडाबाट करिब १०० जना किशोर-किशोरीहरूको सक्रिय सहभागिता रहेको छ। किशोरहरूलाई लागुऔषधको असर, रोकथामका उपाय, नेतृत्व विकास, पुनर्स्थापना प्रक्रिया, तथा समुदायको भूमिका विषयमा अन्तरक्रियात्मक सत्रमार्फत जानकारी प्रदान गरिने आयोजकले जनाएको छ।

तालिमको उद्घाटन कार्यक्रममा कमला नगरपालिकाका नगर प्रमुख विशेश्वर यादवको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष ठकु यादव, वडा नं. ३ का वडाध्यक्ष राम भगत यादव, वडा नं. १ का वडाध्यक्ष शरद देव यादव, विद्यालयका शिक्षकहरू, तालिम प्रशिक्षकहरू तथा अभिभावकहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
तालिमको उद्देश्य किशोरहरूलाई लागुऔषधको जोखिमबाट जोगाउने, उनीहरूमा आत्मविश्वास र निर्णय क्षमताको विकास गर्ने, र समुदायस्तरमै लागुऔषधविरुद्ध सचेतना अभिवृद्धि गर्नु हो। आयोजक संस्थाका अनुसार तालिमपछि सहभागीहरूले विद्यालय र टोलमा सचेतना कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।
कमला नगरपालिकाको यो पहल किशोर-किशोरीहरूलाई सकारात्मक मार्गदर्शन र लागुऔषधमुक्त भविष्यको अभियानमा सक्रिय बनाउने महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…