अत्यधिक दारु खाएपछि एक पुरुषको मृत्यू
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय नरहरगन्जले जनाएको छ। यस घटनाले स्थानीयस्तरमा मद्यपान तथा लागुऔषध दुरुपयोग सम्बन्धी जनचेतना र नियमनको आवश्यकता देखिएको छ।

२०८२ असार ३ मंगलबार, बेलुकी ७:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा अत्यधिक रक्सी सेवनको कारण एक जना पुरुषको ज्यान गएको छ ।
बलरा नगरपालिका वडा नं. ९ स्थित नरहरगन्ज बजारमा स्थानीय केदार साह सोनारको अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको छ। अन्दाजी ३६ वर्षीय साहको सोमबार राति मृत्यु भएको स्थानीयवासीहरुले जानकारी दिएका छन्।
साह लामो समयदेखि मदिरा सेवन गर्ने बानीमा रहेका थिए। घटनाको दिन पनि उनले अत्यधिक मात्रामा मदिरा सेवन गरेका थिए। साँझपख उनी गम्भीर अवस्थामा भेटिएपछि स्थानीयले उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पुर्याएका थिए। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय नरहरगन्जले जनाएको छ। यस घटनाले स्थानीयस्तरमा मद्यपान तथा लागुऔषध दुरुपयोग सम्बन्धी जनचेतना र नियमनको आवश्यकता देखिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…