ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यू
प्रहरी टोलीले निजलाई उपचारको लागि चन्द्रपुर अस्पताल प्रालिमा पठाइएकोमा चिकित्सकले गत राति मृत घोषणा गरेको डीएसपी कार्कीले जानकारी दिएका छन्। दुर्घटनामा परेको ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

२०८२ असार १ आइतबार, बिहान ७:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको वृन्दावन नगर क्षेत्र अन्तर्गत खेतबाट बाटोमा चढाउन खोज्दा ट्रयाक्टरको अगाडिको भाग उठ्दा च्यापिएर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वृन्दावन ७ बस्ने ट्रयाक्टर चालक २४ वर्षीय नजामोदिन मन्सुरी रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले बताएका छन्।
वृन्दावन ७ हुसेनीचोक र आकरपाथर बिच भित्री सडक खण्डमा ना ४ त २०६८ नम्बरको गिट्टी लोड भएको ट्रयाक्टर खेतबाट रोडमा निकाल्ने क्रममा अगाडिको भाग उठी स्टेरिङमा चालक मन्सुरी च्यापिएर अचेत अवस्थामा फेला परेका थिए।
प्रहरी टोलीले निजलाई उपचारको लागि चन्द्रपुर अस्पताल प्रालिमा पठाइएकोमा चिकित्सकले गत राति मृत घोषणा गरेको डीएसपी कार्कीले जानकारी दिएका छन्। दुर्घटनामा परेको ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…