न्यूज ब्यूरो, वीरगँज । झूटो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा व्यापारी राजीव अग्रवाल पक्राउ परेका छन् ।
भारतबाट जागिर तथा व्यापारको सिलसिलामा नेपाल प्रवेश गरेका अग्रवालले २०६३ सालको नागरिकता टोलीबाट मापदण्डविपरीत जन्मको आधारमा नेपाली नागरिकता लिएको उजूरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका– ६ को दुई नम्बर रोडस्थित पसल सञ्चालन गर्दैआएका अग्रवाल पछिल्लो केही वर्षदेखि भारतको सुरतमा बसेर कारोबार गर्दै आएका थिए । उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय, पर्सामा परेको उजूरी तत्कालीन प्रमुख जिल्ला अधिकारी आसमान तामाङले अनुसन्धानको लागि उक्त निवेदन जिल्ला प्रहरी कार्यालय, पर्सामा पठाएका थिए ।
वीरगंज महानगरपालिका वडा नम्बर १० स्थित ठाकुर राम बहुमुखी क्याम्पस पछाडि घरसमेत बनाएर भारतमा बस्दै आएका अग्रवाल तीन दिन अगाडि जिल्ला प्रशासन कार्यालयमा उनीविरुद्ध उजूरी पर्दा निजको नागरिकता सम्बन्धमा के–कसो भएको बुझ्न गएको बेला उनी पक्राउ परेको बुझिन आएको छ ।
पर्सा प्रहरीले राजीव अग्रवाल नागरिकता सम्बन्धमा पक्राउ परेको पुष्टि गर्दै अहिले उनी हिरासतमा रहेको जनाइएको छ ।
चर्चित TikToker धिरुभाइ र मोडल आयुषाको 'अहाँ स दिल लगेली' दर्शकलाई मोहित बनाउँदै
- २०८२ जेठ २६ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । चर्चित टिकटोकर धीरुभाई र मोडेल आयुषा विश्वकर्माद्धारा अभिनित “अहाँ स दिल लगेली” भिडियो म्यूजिक रिलिज गरिएको छ । प्रेम जोडीहरुका लागि विशेष तौरमा तयार पारिएको सो गीतमा
पूरा पढ्नुहोस्






.png)