जिल्ला प्रहरी सिरहामा मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने एक दलाल पक्राउ 

२०८२ जेठ २१ मंगलबार
रति ८:३९ बजे
सबिन यादव

न्यूज ब्यूरो, सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहामा दलाली गर्ने बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । 

सवारी ज्यान मुद्दामा मुद्दा मिलाइदिने भनेर एक व्यक्तिसँग ठगी गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरिएको छ । मुद्दा नम्बर ३६६० को सवारी ज्यान मुद्दा मिलाई दिन्छु भनी ठगी गरेको आरोप छ । 

जाहेरवाली जिल्ला सिरहा, सिरहा नगरपालिका वडा नम्बर १६ माडर बस्ने वर्ष ४८ की रानी देवी यादवसंग प्रतिवादी जिल्ला सिरहा, विष्णुपुर गाउँपालिका वडा नं। १ गौरीपुर बस्ने प्रमोद कुमार महतोले सवारी ज्यान मुद्दाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय सिरहामा रहेको जाहेरवालीकी छोरा विवेक यादवलाई प्रहरी हिरासतबाट छुटाई दिन्छु भनी रकम ठगी गरेको आरोप छ । 

गत बर्ष असार २७ गते बिहान ११ः०० बजेको समयमा निज जाहेरवालीसंग एक लाख सतरी हजार रुपैयाँ रकम ठगी गरेको जाहेरीको आधारमा प्रतिवादी प्रमोद कुमार महतोलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सिरहामा एक प्रहरी नै बिचौलियाको काम गरेको आरोप छ । प्रहरीकै मिलोमत्तोमा सो रकम ठगिएको जनाइएको छ । यद्यपी, प्रहरीको नाम भने खुलाइएको छैनन् । 

एक प्रहरी निरीक्षकको बिचौलिया थियो, बिष्णुपुर को कटनिया र सोही ठाउको होटलमा खानपिन पनि भएको बिश्वणुपुरको नाम न खोलने सर्तमा प्रहरी ले भने , अनुसन्धान सिरहा प्रहरीले गर्यो भने भित्री कुरा खुल्छ ।

कोही कसैले प्रहरी कार्यालयबाट काम गराई दिन्छु भनी अनुचित लाभ लिन खोजेमा पैसा मागेमा जिल्ला प्रहरी कार्यालय सिरहामा प्रमाण सहित उजुरी गर्न आउन सिरहाका प्रहरी प्रवक्ता बीरेन्द्र पासवानले अनुरोध समेत गरेका छन् । 
 

  • 0%
  • 64%
  • 0%
  • 0%
  • 9%
  • 9%

जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी

  • २०८२ जेठ २१ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।    आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२

पूरा पढ्नुहोस्

Bureau Menus