धनौजीमा धनौजी प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु, विजेताले ३५ हजार पाउने
प्रतियोगिताको विजेता टिमले नगद ३५ हजार रुपैयाँसहित कप र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १५ हजार ५०० रुपैयाँसहित कप र मेडल पाउनेछ ।

२०८३ कार्तिक २१ शनिबार, राति ८:२५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजीमा आजदेखि वडा स्तरीय क्रिकेट प्रतियोगिता ‘धनौजी प्रिमियर लिग’ (DPL–२०८३) सुरु भएको छ ।
श्री लगान युवा क्रिकेट टिम (LAGAN YOUTH CLUB) को आयोजनामा धनौजी विद्यालयको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन समारोह भव्य रूपमा सुरु भएको हो ।
स्थानीय युवा नेता रोशन मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन समारोहमा स्थानीय युवा, खेलप्रेमी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मिश्रले खेलकुदले युवामा अनुशासन, एकता, सहकार्य र नेतृत्व विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले यस्ता प्रतियोगिताले स्थानीय प्रतिभाको पहिचान र खेलकुद क्षेत्रको विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गर्दै प्रतियोगिताको सफलताको शुभकामना दिए ।
कार्तिक २१ गतेदेखि सुरु हुने प्रतियोगितामा अधिकतम १६ वटा टिमले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ । प्रत्येक खेल १६ ओभरको हुनेछ भने प्रतियोगितामा सहभागी हुन टिमले ३ हजार ५०० रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
प्रतियोगिताको विजेता टिमले नगद ३५ हजार रुपैयाँसहित कप र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १५ हजार ५०० रुपैयाँसहित कप र मेडल पाउनेछ ।
त्यस्तै, प्रतियोगितामा ह्याट्रिक छक्का प्रहार गर्ने खेलाडीलाई रेड बुल, ह्याट्रिक विकेट लिने खेलाडीलाई एक्स्ट्रिम रेड बुल र एउटै खेलमा शतक (१०० रन) पूरा गर्ने खेलाडीलाई अस्ट्रेलियन रेड बुल पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
स्थानीयस्तरमा क्रिकेट खेलको प्रवर्द्धन, युवाको प्रतिभा उजागर तथा खेलकुदप्रति आकर्षण बढाउने उद्देश्यले आयोजना गरिएको धनौजी प्रिमियर लिगले क्षेत्रमा क्रिकेटको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
नोट: पुरस्कार र प्रतियोगिताका नियमसम्बन्धी विवरण यसअघि उपलब्ध गराइएको आयोजकको सूचनाका आधारमा समेटिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।




















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…