नरहा युवा कमिटीले बाँडे समुदायिक विद्यालयमा शैक्षिक समाग्री
वडा नं. ९ का पूर्व वडाध्यक्ष धर्मनाथ मण्डलको विशेष आतिथ्यमा मधेस परिषद् (सामान्य परिषद्) का सचिव अलीहुसैन राईनले शैक्षिक समाग्रीको लागि सहयोग गरेको थियो । इनर्वा बोर्डर सशस्त्र प्रहरी बलका इन्स्पेक्टर रञ्जित तिवारी, सशस्त्र प्रहरी बल डुबरकोटका असई , कमला युवा सञ्जालका अध्यक्ष बिमलेश यादव, राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक रामबहादुर गोइत, हरिनेका वडा सदस्य विजय यादव, नरहा विद्यालयका शिक्षक दीपेन्द्र ठाकुर, गायत्री साह, सरिता देवी यादव, गाउँका राजनीतिकर्मी तथा समाजसेवी जय बाबु मुखिया, रामशरण मुखिया,, रामसोगारथ मुखिया, अभिभावकहरू, विद्यार्थीहरू तथा गाउँवासीहरूको उपस्थिति रहेको

२०८२ जेठ १४ बुधबार, राति ९:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकास्थित नरहा युवा कमिटीले एक विद्यालयमा शैक्षिक समाग्री वितरण गरेको छ ।
मँगलबार नरहा युवा कमिटीद्वारा अध्यक्ष बिरेन्द्र मुखियाको अध्यक्षतामा नरहा विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको हो ।
समुदायिक विद्यालयका विपन्न विद्यार्थीहरुलाई नगर प्रमुख विशेश्वर यादवको प्रमुख आतिथ्यमा शैक्षिक समाग्री वितरण गरिएको कमिटीका सल्लाहकार विमलेश यादवले जानकारी दिए ।
बालबालिकाहरुलाई कापी, कलम, पेन्सिल लगायतका शैक्षिक समाग्रीहरु वितरण गरिएको थियो । नरहा युवा समितिले विपन्न बालबालिकाहरुलाई सानो सहयोग गरिएको बताएको छ । सानोबाट सुरुवात गरी उनीहरुलाई निरन्तर सहयोगको प्रतिवद्धता समेत जाहेर गरिएको हो ।

वडा नं. ९ का पूर्व वडाध्यक्ष धर्मनाथ मण्डलको विशेष आतिथ्यमा मधेस परिषद् (सामान्य परिषद्) का सचिव अलीहुसैन राईनले शैक्षिक समाग्रीको लागि सहयोग गरेको थियो । इनर्वा बोर्डर सशस्त्र प्रहरी बलका इन्स्पेक्टर रञ्जित तिवारी, सशस्त्र प्रहरी बल डुबरकोटका असई , कमला युवा सञ्जालका अध्यक्ष बिमलेश यादव, राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक रामबहादुर गोइत, हरिनेका वडा सदस्य विजय यादव, नरहा विद्यालयका शिक्षक दीपेन्द्र ठाकुर, गायत्री साह, सरिता देवी यादव, गाउँका राजनीतिकर्मी तथा समाजसेवी जय बाबु मुखिया, रामशरण मुखिया,, रामसोगारथ मुखिया, अभिभावकहरू, विद्यार्थीहरू तथा गाउँवासीहरूको उपस्थिति रहेको थियो।
बालबालिकाहरुको लागि ब्याग, शैक्षिक समाग्रीहरु डा. ओमबाबु साहले सहयोग गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…