धनुषाको जनकनन्दिनी गाउँपालिकामा ग्रामीण अल्ट्रासाउण्ड सेवा सुरु
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले ग्रामीण क्षेत्रमा अत्यावश्यक स्वास्थ्य सेवाको अभाव हटाउन र महिलाहरुको स्वास्थ्य सुरक्षामा सहयोग पुर्‍याउन अल्ट्रासाउण्ड सेवा प्रभावकारी बन्ने विश्वास व्यक्त गरे। उन आगामी दिनमा थप स्वास्थ्य सेवाहरू विस्तार गर्ने प्रतिबद्धता समेत जनाए।

२०८२ जेठ १४ बुधबार, राति ९:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकामा ग्रामिण अल्ट्रासाउण्ड सेवा सुचारु भएको छ । वडा नं. ४ स्थित खजुरीमा आजदेखि ग्रामीण अल्ट्रासाउण्ड सेवा औपचारिक रूपमा सञ्चालनमा आएको हो।
बुधबार गाउँपालिका अध्यक्ष दिपिनदेव यादव र उपाध्यक्ष कमला सहगलले संयुक्त रूपमा रिबन काटेर सेवाको उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहमा विभिन्न वडाका वडाध्यक्षहरू, स्वास्थ्य शाखाका कर्मचारीहरू, स्थानीय समाजसेवी तथा समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
गाउँपालिकाको स्वास्थ्य पूर्वाधारलाई थप मजबुत बनाउँदै ग्रामीण महिलाहरूको स्वास्थ्य परीक्षणमा पहुँच विस्तार गर्ने उद्देश्यले सुरु गरिएको यो सेवा विशेषतः गर्भवती महिलाहरूका लागि उपयोगी हुने विश्वास लिइएको छ। सेवा सञ्चालनका लागि ‘वन हार्ट’ नामक संस्थाले आवश्यक अल्ट्रासाउण्ड उपकरण प्रदान गरेको छ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले ग्रामीण क्षेत्रमा अत्यावश्यक स्वास्थ्य सेवाको अभाव हटाउन र महिलाहरुको स्वास्थ्य सुरक्षामा सहयोग पुर्याउन अल्ट्रासाउण्ड सेवा प्रभावकारी बन्ने विश्वास व्यक्त गरे। उन आगामी दिनमा थप स्वास्थ्य सेवाहरू विस्तार गर्ने प्रतिबद्धता समेत जनाए।

उपाध्यक्ष सहगलले महिलाहरू समयमै स्वास्थ्य परीक्षणमा पहुँच नपाउँदा हुने समस्यालाई सम्बोधन गर्न यो सेवा एक प्रभावकारी पहल भएको बताउँदै स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै आएको गाउँपालिकाको योजनाबारे जानकारी दिए ।
स्वास्थ्य शाखाका प्रतिनिधिहरूले यो सेवा सञ्चालनले गर्भावस्थामा हुने जटिलता पहिचान, मातृ मृत्युदर घटाउने तथा सुरक्षित मातृत्वमा टेवा पुर्याउने विश्वास व्यक्त गरे।
स्थानीय महिलाहरूले अब शहर धाउनु नपर्ने भन्दै सेवाप्रति खुसी व्यक्त गरेका छन्। जनकनन्दिनी गाउँपालिकामा यस किसिमको सेवा पहिलोपटक सुरु भएको हो, जसले सम्पूर्ण वडाका नागरिकलाई लाभ पुर्याउने अपेक्षा गरिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…