मधेशका कानुनमन्त्रीले नै कानुन मिचेर आफ्ना आफन्तलाई पद दिन खोज्दैछः कलाकार यादव
गत फागुनमा निकालिएको बोर्डको सदस्यको लागि सूचना अनुसार कलाकारहरुले नियम बमोजिम फाराम भरेका थिए । योग्यता बमोजिम भरिएको फारामलाई छेउ लगाएर मन्त्री लेखीले आफ्ना आफन्तलाई पद दिन लागेको भन्दै समाजिक सँजाल मार्फत विरोध जनाएका छन् ।

२०८२ जेठ १४ बुधबार, बिहान ११:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका कानुनमन्त्री राजकुमार लेखीले कानुन मिचेर आफ्ना एक आफन्तलाई चलचित्र तथा लोक सञ्चार प्रबर्धन बोर्डको अध्यक्ष बनाउन लागेको आरोप लगाइएको छ ।
कलाकार एवम् चलचित्र तथा लोक सञ्चार प्रबर्धन बोर्डका अध्यक्ष पदका उम्मेदवार समेत रहेका लालकिशोर यादवले भागिदार हुने उम्मेदवारलाई हटाएर आफ्ना आफन्तलाई अध्यक्ष बनाएको आरोप लगाएका छन् ।
कलाकार यादवले कानुन मन्त्रीले नै कानुन मिचेर क्याबिनेटबाट आफ्ना आफन्तको नाम सिफारिस गर्नु अनुचित रहेको बताए । उनले आफ्नो फेसबुक समाजिक सँजालमा दिग्गज कलाकारहरुको नामावली राख्दै फाराम भरेको आधारमा चलचित्र तथा लोक सञ्चार प्रबर्धन बोर्डको अध्यक्षको लागि ८ जनाको नाम सूचि समेत राखेका छन् । सूचिमध्ये फाराम नै नभरेका मन्त्रीका आफन्त लाग्ने सँजीव लेखीलाई अध्यक्ष बनाउने निर्णय गरेको भन्दै आपत्ति जनाएका छन् ।
गत फागुनमा निकालिएको बोर्डको सदस्यको लागि सूचना अनुसार कलाकारहरुले नियम बमोजिम फाराम भरेका थिए । योग्यता बमोजिम भरिएको फारामलाई छेउ लगाएर मन्त्री लेखीले आफ्ना आफन्तलाई पद दिन लागेको भन्दै समाजिक सँजाल मार्फत विरोध जनाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…