
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका कानुनमन्त्री राजकुमार लेखीले कानुन मिचेर आफ्ना एक आफन्तलाई चलचित्र तथा लोक सञ्चार प्रबर्धन बोर्डको अध्यक्ष बनाउन लागेको आरोप लगाइएको छ ।
कलाकार एवम् चलचित्र तथा लोक सञ्चार प्रबर्धन बोर्डका अध्यक्ष पदका उम्मेदवार समेत रहेका लालकिशोर यादवले भागिदार हुने उम्मेदवारलाई हटाएर आफ्ना आफन्तलाई अध्यक्ष बनाएको आरोप लगाएका छन् ।
कलाकार यादवले कानुन मन्त्रीले नै कानुन मिचेर क्याबिनेटबाट आफ्ना आफन्तको नाम सिफारिस गर्नु अनुचित रहेको बताए । उनले आफ्नो फेसबुक समाजिक सँजालमा दिग्गज कलाकारहरुको नामावली राख्दै फाराम भरेको आधारमा चलचित्र तथा लोक सञ्चार प्रबर्धन बोर्डको अध्यक्षको लागि ८ जनाको नाम सूचि समेत राखेका छन् । सूचिमध्ये फाराम नै नभरेका मन्त्रीका आफन्त लाग्ने सँजीव लेखीलाई अध्यक्ष बनाउने निर्णय गरेको भन्दै आपत्ति जनाएका छन् ।
गत फागुनमा निकालिएको बोर्डको सदस्यको लागि सूचना अनुसार कलाकारहरुले नियम बमोजिम फाराम भरेका थिए । योग्यता बमोजिम भरिएको फारामलाई छेउ लगाएर मन्त्री लेखीले आफ्ना आफन्तलाई पद दिन लागेको भन्दै समाजिक सँजाल मार्फत विरोध जनाएका छन् ।
आज रातीदेखि नागरिक एपबाटै मतदाता नामावली दर्ता गर्न सकिने
- २०८२ जेठ १५ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । आज राति ११:५९ बजेदेखि नागरिक एपमार्फत मतदाता नामावली दर्ताका लागि प्रि-इनरोलमेन्ट सेवा सुरु हुने भएको छ। डिजिटल माध्यमबाट मतदाता नामावली दर्ता प्रक्रियालाई अझ सहज र पहुँचयोग्य
पूरा पढ्नुहोस्