हुलाकी सडकमा मोसा र ट्रयाक्टर ठोक्किदाँ दुई जनाको अवस्था गम्भिर
शनिबारै बिहान राजविराज–छिन्नमस्ता सडकखण्डमा भएको अर्को मोटरसाइकल दुर्घटनामा राजविराज ७ का १६ वर्षिय मनोज यादव गम्भिर घाइते भएका छन् । स.१प. ६०४८ नम्बरको मोटरसाइकल चढेर जाँदै गर्दा बिहान ५ बजेतिर राजविराज ६ लिल्जा टोलमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

२०८२ जेठ ११ आइतबार, बिहान ८:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । हुलाकी राजमार्ग अन्तरगत सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ५ मलेकपुर सडक खण्डमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् ।
पत्थरगाढाबाट ईटा बोकेर राजविराजतर्फ आउँदै गरेको स.१त. ५४४२ नं. को ट्याक्टरमा विपरित दिसाबाट आउँदै गरेको मधेश प्रदेश ०२–०१९प.९६२६ नम्बरको मोटरसाइकल ठोकिदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
तीन जना सवार मोटरसाइकल अनियन्त्रित भई अचानक ट्याक्टरमा ठोकिन गई सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भिर घाइते भएका सप्तरीको विष्णुपुर गाउँपालिका १ निवासी २० बर्षिय सन्तोष यादवको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै र अर्का गम्भिर घाइते सोही वडा निवासी २२ बर्षीय सागर मंडलको अस्पताल पु¥याउदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अर्का गम्भिर घाइते सोही वडाका १८ बर्षीय धनन्जय यादवको स्थानिय छिन्नमस्ता अस्पतालमा उपचार सम्भव नभएपछि विराटनगर स्थित नोबेल अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।
घटनापछी फरार भएका ट्याक्टर चालकको खोजिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्रा प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
शनिबारै बिहान राजविराज–छिन्नमस्ता सडकखण्डमा भएको अर्को मोटरसाइकल दुर्घटनामा राजविराज ७ का १६ वर्षिय मनोज यादव गम्भिर घाइते भएका छन् । स.१प. ६०४८ नम्बरको मोटरसाइकल चढेर जाँदै गर्दा बिहान ५ बजेतिर राजविराज ६ लिल्जा टोलमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइते यादवको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा प्रारम्भिक उपचारपछी बिराटनगरस्थित नोबेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…