कमला नगरपालिकाः सडकको खाल्डोमा डुबेर दुई दाजुभाईको मृत्यू, टोल शोकमग्न

२०८२ जेठ ७ मंगलबार
बेलुकी ६:३२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकास्थित सडकको खाल्डोमा डुबेर दुई दाजुभाईको मृत्यू भएको छ । 

कमला नगरपालिका वडा नम्बर २ सराबे टोलस्थित मँगलबार दिउँसो स्थानीय रामबाबु साहका ७ बर्षिय रितिक साह र उनकै भाई श्यामबाबु साहका ५ बर्षिय छोरा रितिश साहको एकैपटक डुबेर मृत्यू भएको हो । 

नयाँ बनाउन लागिएको बाटोको छेउमा खनिएको खाल्डो (स्थानीय भाषामा नाला) मा डुबेर दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । करिब १५ दिन अगाडी मात्र निर्माण भएको वडा नं. २ को सराबे टोलस्थित कृषि सडक बनाउन खनिएको खाल्डोमा डुबेर ज्यान गएको जिल्ल प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

सराबेदेखि खजुरी जाने मुख्य बाटोबाट कनेक्ट गरिएको कृषि सडक बाटोको खाल्डोमा बर्षा भएपछि पानी जमेको थियो । नुहाउनको लागि दाजुभाई जाँदा डुबेर मृत्यू भएको हो । 

घरबाट बाहिर निस्केका दाजुभाई अबेरसम्म घर नआएपछि खोजबिन सुरु भएको थियो । कहिकतै कसैको घरमा समेत खेल्न गएको अवस्थामा खोज्दा खोज्दै जाँदा मृत अवस्थामा तैरिरहेको भेटिएको थियो । 

एकै पटक दाजुभाईको मृत्यू भएपछि सिँगो टोल शोकमग्न भएको छ ।  सो सडक बनाउने उपभोक्ता समिति वा ठेकेदारको लापरवाहीको कारण दुई बालकको ज्यान गएको स्थानीयले जनाएको छ । उनीहरुलाई कानुनी दायरामा ल्याउन माग समेत गरिएको छ । 

मृतक दाजुभाईको पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको हो । 

  • 3%
  • 2%
  • 0%
  • 0%
  • 86%
  • 2%

न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह

पूरा पढ्नुहोस्

Bureau Menus