न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर ३ महुवास्थित विद्युतिय पोल ढलेको ४ दिन वितिसक्दा पनि नयाँ पोल जडान नहुँदा विद्युत अवरुद्ध भएको छ ।
महुवाका केही स्थानीयहरुको घरमा विद्युत अवरुद्ध भएपछि उनीहरु अन्धकारमा बस्न बाध्य भएका छन् । गत साता आएको हावाहुरीमा विद्युतिय पोल ढलेपछि तुरुन्तै नेपाल विद्युत प्राधिकरण यदुकूहा शाखालाई जानकारी गराएपनि अहिलेसम्म चासो नलिएको गुनासो स्थानीय व्यवसायी गणेश गुप्ताले गुनासो पोखे ।
घर पसलकै अगाडी विद्युतिय पोल ढलेपछि सुरक्षा खतरा समेत बढेको जनाउँदै केही घर परिवार अन्धकारमा बस्न बाध्य भएको सुनाए । पोलबाट जडान गरिएको तार समेत चुँडिएपछि अगाडी जाने लाईन अवरुद्ध भएको हो ।
यदुकूहा वितरण केन्द्रलाई निरन्तर पोल जडानको लागि आग्रह गर्दा पनि लापरवाही देखााएको आरोप गुप्ताले लगाए । उनका अनुसार, यदुकूहाका विद्युत कर्मचारीले कुनै मतलब नलिएको हो ।
विद्युतिय पोल ढल्दा कुनै मानवीय क्षति भने भएको छैनन् । तर, बर्षाको मौसममा तारमा करेन्ट प्रवाह भईरहेकोले मानवीय क्षतिको खतरा बढेको छ ।
बोर्डिँग स्कूलहरुले कानुन विपरित लिएको शुल्क (फी) फिर्ता गराउन निर्देशन
- २०८२ जेठ ५ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । शिक्षा मन्त्रालयले कानुन विपरीत लिइएको भर्ना शुल्क र निर्देशिकाले तोकेको बाहेक अन्य शुल्क फिर्ता गराउन सबै पालिकाहरुलाई निर्देशन दिएको हो । नयाँ शैक्षिक सत्र अगावै विद्यार्थी भर्ना
पूरा पढ्नुहोस्


