बिहेको स्वयँम्बरमा नास्ता खाएपछि सय बढी जन्ती (बाराती) अस्पताल भर्ना
जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवका अनुसार राति जनकपुर उपमहानगरपालिका वडा नम्बर २३ बिन्धीबाट ठेरा कचुरीमा जन्ती पुगेको थियो । स्वयम्बर सकिए लगतै खाजामा बुनियाँ, रसबरी लगायतका मिठाइ खुवाइएको थियो ।

२०८२ बैशाख २९ सोमबार, राति ८:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बिहेको क्रममा हुने स्वयँम्बर विधिको क्रममा जन्तीले नास्ता खाएपछि अस्पताल भर्ना भएका छन् ।
स्वयम्बरको क्रममा दिइने नास्ता (खाजा) मा खाएको विभिन्न परिकारहरु खाएपछि धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर ८ ठेरा कचुरीस्थित सय बढी जन्ती तथा गाउँलेहरु अस्पताल भर्ना भएका छन् ।
स्थानीय नरेश महराको छोरीको बिहेमा खाजा खाँदा जन्तीसहित सय जना भन्दा बढी बिरामी भएको प्रहरीले जनाएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवका अनुसार राति जनकपुर उपमहानगरपालिका वडा नम्बर २३ बिन्धीबाट ठेरा कचुरीमा जन्ती पुगेको थियो । स्वयम्बर सकिए लगतै खाजामा बुनियाँ, रसबरी लगायतका मिठाइ खुवाइएको थियो ।
खाजा खाएलगतै पेट दुख्ने, बान्ता हुने, कमजोर हुने क्रम चलेको घटनास्थलमा परिवारजन र बिरामीसँगको प्रतिक्रियापछि मात्र थाहा भएको हो ।
४५ जना भन्दा बढी प्रादेशिक अस्पतालमा भर्ना भएको र अन्यको नजिकको क्लिनिक तथा अन्य अस्पतालमा उपचार भइरहेको प्रमुख यादवले बताए । केही भने उपचारपश्चात निको भएर घर समेत फर्किएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…