जनकनन्दिनीका किशोर किशोरीमा साकारात्मक परिवर्तन ल्याउँदै प्लान इन्टरनेश्नल
किशोरकिशोरीहरुले आफैँमा साकारात्मक परितर्वन ल्याई पछि छर छिमेकमा परिवर्तनको विजारोपण गरी समाज सुधारमा भूमिका निभाउने फिल्ड सुपरभाईजर ममता मण्डलले जानकारी दिइन् । कार्य समितिको तर्फबाट ईन्द्रदेव यादव, मावि खजुरीका प्रधानाध्यापक हरिलाल सहनी लगायत बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

२०८२ बैशाख २८ आइतबार, बिहान ९:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकामा सँचालनमा रहेको प्लान इन्टरनेश्नलको कार्यक्रम अन्तर्गत किशोर किशोरीहरुलाई साकारात्मक परिवर्तन ल्याउने प्रयास जारी राखिएको छ ।
प्लान इन्टरनेश्नलको साँझेदारीमा परिवार कल्याण सँघ धनुषाले जनकनन्दिनीको वडा नम्बर ४ का किशोर किशोरीहरुमा साकारात्मक परिवर्तन ल्याएको दाबी गरेको छ ।
शुक्रबार बसेको नियमित बैठक एवम् अन्तक्रियाको क्रममा किशोर किशोरीहरुमा साकारात्मक परिवर्तन ल्याउन लागू गरिएको सिओसी कक्षाको बारेमा छलफल भएको हो ।
वडा नं. ४ का वडाध्यक्ष दिलिप कुमार यादवको अध्यक्षतामा बसेको बैठकमा सो वडाका किशोर किशोरीमा परिवर्तन हुँदै गएकोप्रति चर्चा चलेको बताईएको छ ।
१० देखि १५ बर्षका किशोर किशोरी तथा १६ देखि २४ बर्षका नव युवकहरुमा समेत समाजमा रहेका हानिकारक मूल्य मान्यतालाई आफ्नै व्यवहारले परिवर्तन गर्न सिकाएको समन्व्यकारी सँस्था सिएफडब्लुएका यमलाल साहले जानकारी दिए । छलफलमा सोही सँस्थाका कर्मचारीहरुसँग विषय केन्द्रीत गरिएको थियो ।
किशोरकिशोरीहरुले आफैँमा साकारात्मक परितर्वन ल्याई पछि छर छिमेकमा परिवर्तनको विजारोपण गरी समाज सुधारमा भूमिका निभाउने फिल्ड सुपरभाईजर ममता मण्डलले जानकारी दिइन् । कार्य समितिको तर्फबाट ईन्द्रदेव यादव, मावि खजुरीका प्रधानाध्यापक हरिलाल सहनी लगायत बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…