जनकनन्दिनीका किशोर किशोरीमा साकारात्मक परिवर्तन ल्याउँदै प्लान इन्टरनेश्नल 

२०८२ बैशाख २८ आइतबार
बिहान ०९:२३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकामा सँचालनमा रहेको प्लान इन्टरनेश्नलको कार्यक्रम अन्तर्गत किशोर किशोरीहरुलाई साकारात्मक परिवर्तन ल्याउने प्रयास जारी राखिएको छ । 

प्लान इन्टरनेश्नलको साँझेदारीमा परिवार कल्याण सँघ धनुषाले जनकनन्दिनीको वडा नम्बर ४ का किशोर किशोरीहरुमा साकारात्मक परिवर्तन ल्याएको दाबी गरेको छ । 

शुक्रबार बसेको नियमित बैठक एवम् अन्तक्रियाको क्रममा किशोर किशोरीहरुमा साकारात्मक परिवर्तन ल्याउन लागू गरिएको सिओसी कक्षाको बारेमा छलफल भएको हो । 

वडा नं. ४ का वडाध्यक्ष दिलिप कुमार यादवको अध्यक्षतामा बसेको बैठकमा सो वडाका किशोर किशोरीमा परिवर्तन हुँदै गएकोप्रति चर्चा चलेको बताईएको छ । 

१० देखि १५ बर्षका किशोर किशोरी तथा १६ देखि २४ बर्षका नव युवकहरुमा समेत समाजमा रहेका हानिकारक मूल्य मान्यतालाई आफ्नै व्यवहारले परिवर्तन गर्न सिकाएको समन्व्यकारी सँस्था सिएफडब्लुएका यमलाल साहले जानकारी दिए । छलफलमा सोही सँस्थाका कर्मचारीहरुसँग विषय केन्द्रीत गरिएको थियो । 

किशोरकिशोरीहरुले आफैँमा साकारात्मक परितर्वन ल्याई पछि छर छिमेकमा परिवर्तनको विजारोपण गरी समाज सुधारमा भूमिका निभाउने फिल्ड सुपरभाईजर ममता मण्डलले जानकारी दिइन् । कार्य समितिको तर्फबाट ईन्द्रदेव यादव, मावि खजुरीका प्रधानाध्यापक हरिलाल सहनी लगायत बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्पादकीयः एउटा शब्दको भूल, समाजमा ठूलो असर, संयमित बनौँ

  • २०८२ बैशाख २८ आइतबार

पत्रकारिताको पहिलो धर्म सत्य हो । सत्यको खोजी, तथ्यको पुष्टि र जिम्मेवार प्रस्तुति पत्रकारिताका आधारभूत मान्यता हुन् । तर कहिलेकाहीँ हतार, अपूर्ण सूचना वा स्रोतको भनाइमा निर्भर हुँदा समाचारमा त्रुटि

पूरा पढ्नुहोस्

Bureau Menus