बर्षौपछि सन्तान प्राप्ती भएपछि सातौ बहिनी भगवती मन्दिर निर्माण, भाकल पुरा हुने आस्था
मन्दिरमा भाकल गरेपछि निःसन्तान दम्पतिले सन्तान पाउने जनविश्वास छ ।

२०८२ बैशाख २८ आइतबार, बिहान ८:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ९ ईच्छापुरमा भाकल पूरा भएपछि सातौ बहिनी भगवतिको मन्दिर निर्माण गरिएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगर बस्ने एक दम्पतिले बिहेको बर्षौ भएपछि सन्तान प्राप्ती नभएपछि भाकल गरेपछि सन्तान प्राप्ती भएको बताएको छ ।
बर्षौपछि सन्तान प्राप्ती भएपछि धनुषा महेन्द्रनगरका छेदी पासवानका छोरा रविन्द्र पासवानले उक्त मन्दिर निर्माण गराएका हुन् । निःसन्तान रहे समय पासवान दम्पतिले सन्तानको लागि ईच्छापुर बस्ने पुजारी सत्यनारायण ठाकुरको पहलमा भाकल गरेको बताउँछन् ।
सपनामा सातौ बहिनी भगवती आएको र आफ्नो छोरा रविन्द्रलाई सन्तान दिएको आस्था सुनाउँछन छेदी पासवान । गुरु एवम् पूजारी समेत रहेका सत्यनारायण ठाकुरले भाकल पुरा भएपछि आफ्नै जमिन दिएर सातौ बहिनी भगवतीको मन्दिर निर्माण गराएको हो ।

सो मन्दिरमा ब्राम्हनी, महेश्वरी, कुमारी, वैष्णवी, बाराही, ईन्द्रानी र चामुण्डा देवीको पीरी स्थापना गरिएको पूजारी सत्यनारायण ठाकुरले बताए । उनले भने, “सन्तानको लागि जिल्ला जिल्ला भौँतारिए, तर सन्तान प्राप्ती भएनन् । सातौ बहिनी भगवतिलाई मानदान, भाकल गरेको समयमै सन्तान प्राप्ती भएपछि आस्थाले छेदी पासवान र उनका छोरा बुहारीहरु मन्दिर बनाएको छ ।”
मन्दिरमा भाकल गरेपछि निःसन्तान दम्पतिले सन्तान पाउने जनविश्वास छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…