कमला नगरपालिकाको निःशुल्क आँखा शिविरमा ८०० बढीले गराए चेकजाँच, १०९ लाई मोतियाबिन्दु 

२०८२ बैशाख २५ बिहीबार
रति ९:२२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा आयोजना भएको तीनदिने आँखा शिविरमा ८०० बढी जनाले चेकजाँच गराएका छन् । 

बैशाख २२ गतेदेखि २४ गतेसम्म चलेको तीनदिने निःशुल्क आँखा शिविरमा ८०६ जनाले चेकजाँच गराएको स्वास्थ्य शाखा सँयोजक रामकुमार ठाकुरले जानकारी दिए । 

सो रेयुकाई आँखा अस्पताल ढल्केवरको समन्वय तथा कमला नगरपालिका स्वास्थ्य शाखाको् आयोजनामा चलेको तिन दिवसीय शिविरमा १०९ जनामा मोतियाविन्दुको समस्या देखिएको हो । 

ठाकुरका अनुसार, चेकजाँचमध्ये ३७० जनलाई चश्माको आवश्यकता रहेको बताए । उनीहरुलाई नगरपालिकको तर्फबाट चश्मा प्रदानसहित १०९ जनाको मोतियाबिन्दुको अप्रेशन गर्ने भएको छ । 

शिविर कमला नगरपालिका वडा नं. ५ को लक्कड, वडा नं. ८ को हरिने र वडा नं. २ को माचि झिटकैयास्थित आयोजना गरिएको थियो । 

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

यौन दुरव्यवहारमा परेकी महिला आफ्नो घरमा मृत भेटिइन, महिनौदेखि थिइन टेन्सनमा !

  • २०८२ बैशाख २५ बिहीबार

न्यूज ब्यूरो, सिरहा । आफूलाई बलात्कार गर्न खोज्नेविरुद्ध दिएको उजुरीमा न्याय पाउनुको सट्टा गाउँमै मिलापत्र गर्नुपर्ने दबाब खेप्दै आएकी पीडित महिला घरभित्रै मृत भेटिएकी छिन् ।  चार महिनाअघि बलात्कार प्रयासबाट उम्किएकी नरहा

पूरा पढ्नुहोस्

Bureau Menus