कमला नगरपालिकाको निःशुल्क आँखा शिविरमा ८०० बढीले गराए चेकजाँच, १०९ लाई मोतियाबिन्दु
ठाकुरका अनुसार, चेकजाँचमध्ये ३७० जनलाई चश्माको आवश्यकता रहेको बताए । उनीहरुलाई नगरपालिकको तर्फबाट चश्मा प्रदानसहित १०९ जनाको मोतियाबिन्दुको अप्रेशन गर्ने भएको छ । शिविर कमला नगरपालिका वडा नं. ५ को लक्कड, वडा नं. ८ को हरिने र वडा नं. २ को माचि झिटकैयास्थित आयोजना गरिएको थियो ।

२०८२ बैशाख २५ बिहीबार, राति ९:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा आयोजना भएको तीनदिने आँखा शिविरमा ८०० बढी जनाले चेकजाँच गराएका छन् ।
बैशाख २२ गतेदेखि २४ गतेसम्म चलेको तीनदिने निःशुल्क आँखा शिविरमा ८०६ जनाले चेकजाँच गराएको स्वास्थ्य शाखा सँयोजक रामकुमार ठाकुरले जानकारी दिए ।
सो रेयुकाई आँखा अस्पताल ढल्केवरको समन्वय तथा कमला नगरपालिका स्वास्थ्य शाखाको् आयोजनामा चलेको तिन दिवसीय शिविरमा १०९ जनामा मोतियाविन्दुको समस्या देखिएको हो ।
ठाकुरका अनुसार, चेकजाँचमध्ये ३७० जनलाई चश्माको आवश्यकता रहेको बताए । उनीहरुलाई नगरपालिकको तर्फबाट चश्मा प्रदानसहित १०९ जनाको मोतियाबिन्दुको अप्रेशन गर्ने भएको छ ।
शिविर कमला नगरपालिका वडा नं. ५ को लक्कड, वडा नं. ८ को हरिने र वडा नं. २ को माचि झिटकैयास्थित आयोजना गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…