सेवाग्राही जनतासँग सबभन्दा नजिकको डिएसपी पासवान, सिरहामा जन प्रशँसा
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले हत्या घटनाको ४० वर्षपछि एक फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ। वि।सं। २०४१ साल चैत १६ गते रौतहटका लेखापढी व्यवसायी ललन सिंहको हत्या आरोपमा अभियुक्त राजु सिंहलाई पक्राउ गरिएको हो।

२०८२ बैशाख २३ मंगलबार, राति ८:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र पासवानको कार्यशैलीप्रति स्थानीय जनप्रतिनिधिहरूले खुलेर प्रशंसा गरेका छन्।
सिरहा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्षले सामाजिक सञ्जाल फेसबुकमार्फत डिएसपी पासवानलाई इमानदार, मिलनसार र कानुनी प्रक्रियामा विश्वास राख्ने प्रहरी अधिकृतको रूपमा प्रशंसा गरेका हुन्। उनले लेखेका छन्, “इतिहासमा यति इमानदार, मिलनसार र नेताको चाकरी नगर्ने प्रहरी अधिकृत बिरलै देखिन्छन्। जनता शान्ति सुरक्षाको अनुभूति गरिरहेका छन्।”
डिएसपी पासवान सिरहामा पदस्थापन भएयता लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई धमाधम पक्राउ गरिएको छ। लुटपाटमा संलग्न समूहलाई लाहानबाट डिएसपी पासवानको नेतृत्वमा खटिएको टोलीले नियन्त्रणमा लिएको थियो।
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले हत्या घटनाको ४० वर्षपछि एक फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ। वि।सं। २०४१ साल चैत १६ गते रौतहटका लेखापढी व्यवसायी ललन सिंहको हत्या आरोपमा अभियुक्त राजु सिंहलाई पक्राउ गरिएको हो।
यसै क्रममा, लुटपाट, डकैती तथा संगठित अपराधमा संलग्न रही फरार रहेका भारतका आरिफ हुसेन उर्फ आरिफ खान लाई पनि डिएसपी पासवानको कमाण्डमा रहेको टोलीले नेपाल–भारत सीमावर्ती दशगजा क्षेत्रबाट पक्राउ गरेको छ। उनलाई आइतबार बिहान ४ः०० बजे नियन्त्रणमा लिइएको हो।
डिएसपी पासवानको सिरहामा सरुवापछि अपराध नियन्त्रण, कानुनी पालना र नागरिकमैत्री सेवा प्रवाहमा उल्लेखनीय सुधार आएको जनाइएको छ। जनताको भावना कदर गर्दै निष्पक्ष रूपमा काम गर्ने उनको शैलीले स्थानीय युवा पुस्तासमेत प्रभावित भएको वडाध्यक्षको भनाइ छ। उनले फेसबुकमा लेखेका छन्, “सिरहाली युवाहरू तपाईंको सहयोगका लागि तत्पर छन्। तपाईंको कार्यगति यस्तै रहोस् भन्ने शुभकामना छ।”
यसअघि पनि विभिन्न जिल्लामा कार्यरत रहँदा पासवान इमानदार र निडर प्रहरी अधिकृतको रूपमा परिचित रहँदै आएका थिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…