कमला नगरपालिकास्थित रहेको NTC टावरको पावर हाउसमा चोरी, ५० गाउँको टावर अवरुद्ध
तार चोरी भएपछि मेन टावर (माचि) बाट कनेक्सन रहेको कमला नगरपालिकाको सिँगयाही मडान, जनकनन्दिनी गाउँपालिकाको इनरुवा, औरही गाउँपालिकाको परवाहा, शहिदनगरको डुमरियाचौक, कमलाको साघाराको टावर समेत डिस्कनेक्ट हुने भएको छ ।

२०८२ बैशाख २२ सोमबार, दिउँसो १:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकास्थित रहेको नेपाल टेलिकमको टावरको पावर हाउसमा चोरी भएको छ ।
गएराती करिब ११ बजेको समयमा नगरपालिका हाताभित्रै रहेको टावरको पावर हाउसमा चोरी भएको हो ।
गएराती चोरले टेलिकमको पावर हाउसमा जडान गरिएको मोटो तार काटेर लगेका छन् । ईन्भर्टर ब्याकपमा जडान गरिएको तार काटेर लगेको हो । सो तार महँगो तामाको रहेको नेपाल टेलिकमका सहायक प्राविधिक अधिकृत विशेश्वर साहले जानकारी दिए ।
साहका अनुसार, राती नै टावरको पावर (आईटी) हाउसमा चोरी भएको हो । सिस्टममा नोटिफिकेशन गएपछि मात्रै जानकारी पाएपछि घटनास्थल टोली पुगेको हो ।
कमला नगरपालिकाको कुना काप्चामा सिसिटिभी क्यामेरा जडान गरिएको छ भने स्थानीय एक व्यक्तिलाई नगरपालिका रेखदेखको जिम्मेवारी दिएको अवस्थामा चोरी भएको हो ।
टावर प्रहरी चौकी माचिको ७० मिटर अगाडीमै रहेको छ । सोही हाताभित्र प्रहरी चौकी रहेको अवस्थामा चोरले चोरी गर्न भ्याएपछि शंका उत्पन्न भएको छ ।
तार चोरी भएपछि मेन टावर (माचि) बाट कनेक्सन रहेको कमला नगरपालिकाको सिँगयाही मडान, जनकनन्दिनी गाउँपालिकाको इनरुवा, औरही गाउँपालिकाको परवाहा, शहिदनगरको डुमरियाचौक, कमलाको साघाराको टावर समेत डिस्कनेक्ट हुने भएको छ ।
विद्युत रहेसम्म टावर चल्ने तथा विद्युत कटेपछि टावर डिस्कनेक्ट हुने प्राविधिक अधिकृत साहले जनाए । उनका अनुसार, धनुषामा तार चोरी श्रृँखलावद्ध रुपमा हुन थालेकोप्रति चिन्ता व्यक्त गरे ।
उनले भने, यी ठाउँहरुबाट ५० बढी गाउँहरु सेवाबाट बञ्चित हुनेछ । लाईन कटे लगत्तै टावर समेत कटने जनाइएको छ । पावर हाउसमा अर्को तार जोडने प्रक्रिया थालिएको छ ।
यता, नगरपालिकाकाको टावर तर्फ फर्केको क्यामेरा भने सँचालनमा नरहेको एक कर्मचारीले बताए । चोर सिसिटिभीमा आएको हुन सक्ने बताईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…