कमला नगरपालिकामा भोलीदेखि निःशुल्क आँखा चेकजाँच शिविर हुँदै, मोतियाबिन्दुको अपरेशन फ्री
शिविर बिहान ८ बजेदेखि सुरु हुने स्वास्थ्य शाखाका सँयोजक रामकुमार ठाकुरले जानकारी दिए । उनका अनुसार, आँखा सम्बन्धी समस्या भएका नगरवासीको सहुलियतको लागि स्थानीय स्तरमै आँखा शिविर ल्याएको बताए । उनले मोतियाबिन्दु हुनेलाई निःशुल्क अप्रेशन गरिने बताए ।

२०८२ बैशाख २१ आइतबार, राति ९:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा भोली सोमबारदेखि निःशुल्क आँखा शिविर सँचालन हुने भएको छ ।
कमला नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा आँखा अस्पताल ढल्केवरको समन्वयमा नगरपालिकाको तीन ठाउँमा आँखा शिविर हुने भएको छ ।
भोली सोमबार लक्कड स्वास्थ्यचौकी, मँगलबार हरिने स्वास्थ्यचौकी र बुधबार माचि झिटकैयाको स्वास्थ्य चौकीमा आँखा शिविर हुने भएको छ ।
शिविर बिहान ८ बजेदेखि सुरु हुने स्वास्थ्य शाखाका सँयोजक रामकुमार ठाकुरले जानकारी दिए । उनका अनुसार, आँखा सम्बन्धी समस्या भएका नगरवासीको सहुलियतको लागि स्थानीय स्तरमै आँखा शिविर ल्याएको बताए । उनले मोतियाबिन्दु हुनेलाई निःशुल्क अप्रेशन गरिने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…