न्यायमा सबैको सहज पहुँच बनाउन हामी अग्रसर छौँ, न्यायिक समितिमै समाधान खोजौँः उपाध्यक्ष सहगल

२०८२ बैशाख १७ बुधबार
रति ८:४५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकनन्दिनी गाउँपालकाकी उपाध्यक्ष कमला सहगलले न्यायमा सबैको सहज पहुँच बनाउन यहाँका जनप्रतिनीधिहरु अग्रसर रहेको बताएकी छन् । 

जनकनन्दिनी गाउँपालिकाको न्यायिक समितिद्धारा आयोजन गरिएको “न्यायमा जनताको पहुँच बढाउन जनचेतनामूलक सडक नाटक” को अन्तिम दिन सम्बोधन गर्दै उनले न्यायिक समितिबाट प्रवाह हुने सेवामा सबैको सहज पहुँच बनाएको दाबी गरिन् । 

शनिबारदेखि बुधबारसम्म गाउँपालिकाको सबै वडाको दश वस्तीस्तरमा गरिएको चेतनामूलक सडक नाटकमा प्रदर्शन गरिएको सँदेशलाई आत्मसात गर्न उनले आग्रह गरिन् । 

न्यायिक समितिको सँयोजक समेत रहेकी उपाध्यक्ष सहगलले जनकनन्दिनी गाउँपालिकामा न्यायिक समितिमा आउने मुद्दाहरु प्रायः मेलमिलाप गरी टुँगो लगाउने गरेको उल्लेख गरिन् । 

उनले कलाकारहरुको प्रदर्शन र नाटकको सन्देशप्रति कृतज्ञता प्रकट गर्दै नाटककर्मी कलाकारहरुले प्रवाह गरेको सन्देशलाई आत्मसात गरी न्यायमा सबैको पहुँच बनाउन स्थानीय सरकारले गर्न सक्ने सुधारहरुको अपेक्षा समेत राखिन् । 

उनले गाउँमा हुने साधारण झै झगडा, जमिन विवाद, महिला हिँसाका घटनाहरु, बालबालिकाका घटनाहरुलाई स्थानीय तहमै गठन भएको न्यायिक समिति मार्फत टुँगो लाग्ने गरेको बताउँदै प्रहरी प्रशासन अन्तिम विकल्प भएको सुनाईन् । उनले साधारण तवरले दुवै पक्षलाई राखेर मेलमिलापको भावनाले न्यायिक समितिको गठन भएको बताईन् । 

अधिकांश नागरिकलाई न्यायिक समितिको बारेमा जानकारी नै नरहेको बताउँदै उनले जानकारी बढाउनको लागि समेत यो नाटक प्रभावकारी भएको बताईन् । 

न्यायिक समितिका सदस्यहरु वडा नं. २ का वडाध्यक्ष अब्दुल मालिक शेख, वडा नं. ५ का वडाध्यक्ष अशोक मण्डल र प्रशासन एवम् योजना फाँटका प्रमुख लालबाबु पण्डित सदस्य रहेको न्यायिक समितिको यो नाटक समग्रमा आम नागरिकलाई प्रभाव पार्ने गरी प्रभावकारी रहेको अनुमगनको क्रममा बताए । 

नाटक प्रदर्शनको लागि वस्ती वस्तीमा लाउडस्पीकरमा प्रचार प्रसार गरिएको थियो । जनकपुरबाट चर्चित कलाकारहरुको टीमले नाटक प्रदर्शन गरेको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहामा ब्राह्मण–मण्डलको अन्तरजातीय विवाह, जातीय र दहेज प्रथाको जरो हल्लाउने ऐतिहासिक कदम

  • २०८२ बैशाख १७ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  सामाजिक सुधारको अभियान अब केवल भाषणमा सीमित छैन, यथार्थ जीवनमै लागू हुँदैछ भन्ने उदाहरण बनेका छन् सिरहा नगरपालिका स्थित, माड़र निवासी अवधेश कुमार झा र बन्दना

पूरा पढ्नुहोस्

Bureau Menus