न्यायमा सबैको सहज पहुँच बनाउन हामी अग्रसर छौँ, न्यायिक समितिमै समाधान खोजौँः उपाध्यक्ष सहगल
न्यायिक समितिका सदस्यहरु वडा नं. २ का वडाध्यक्ष अब्दुल मालिक शेख, वडा नं. ५ का वडाध्यक्ष अशोक मण्डल र प्रशासन एवम् योजना फाँटका प्रमुख लालबाबु पण्डित सदस्य रहेको न्यायिक समितिको यो नाटक समग्रमा आम नागरिकलाई प्रभाव पार्ने गरी प्रभावकारी रहेको अनुमगनको क्रममा बताए ।

२०८२ बैशाख १७ बुधबार, राति ८:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकनन्दिनी गाउँपालकाकी उपाध्यक्ष कमला सहगलले न्यायमा सबैको सहज पहुँच बनाउन यहाँका जनप्रतिनीधिहरु अग्रसर रहेको बताएकी छन् ।
जनकनन्दिनी गाउँपालिकाको न्यायिक समितिद्धारा आयोजन गरिएको “न्यायमा जनताको पहुँच बढाउन जनचेतनामूलक सडक नाटक” को अन्तिम दिन सम्बोधन गर्दै उनले न्यायिक समितिबाट प्रवाह हुने सेवामा सबैको सहज पहुँच बनाएको दाबी गरिन् ।
शनिबारदेखि बुधबारसम्म गाउँपालिकाको सबै वडाको दश वस्तीस्तरमा गरिएको चेतनामूलक सडक नाटकमा प्रदर्शन गरिएको सँदेशलाई आत्मसात गर्न उनले आग्रह गरिन् ।
न्यायिक समितिको सँयोजक समेत रहेकी उपाध्यक्ष सहगलले जनकनन्दिनी गाउँपालिकामा न्यायिक समितिमा आउने मुद्दाहरु प्रायः मेलमिलाप गरी टुँगो लगाउने गरेको उल्लेख गरिन् ।

उनले कलाकारहरुको प्रदर्शन र नाटकको सन्देशप्रति कृतज्ञता प्रकट गर्दै नाटककर्मी कलाकारहरुले प्रवाह गरेको सन्देशलाई आत्मसात गरी न्यायमा सबैको पहुँच बनाउन स्थानीय सरकारले गर्न सक्ने सुधारहरुको अपेक्षा समेत राखिन् ।
उनले गाउँमा हुने साधारण झै झगडा, जमिन विवाद, महिला हिँसाका घटनाहरु, बालबालिकाका घटनाहरुलाई स्थानीय तहमै गठन भएको न्यायिक समिति मार्फत टुँगो लाग्ने गरेको बताउँदै प्रहरी प्रशासन अन्तिम विकल्प भएको सुनाईन् । उनले साधारण तवरले दुवै पक्षलाई राखेर मेलमिलापको भावनाले न्यायिक समितिको गठन भएको बताईन् ।

अधिकांश नागरिकलाई न्यायिक समितिको बारेमा जानकारी नै नरहेको बताउँदै उनले जानकारी बढाउनको लागि समेत यो नाटक प्रभावकारी भएको बताईन् ।
न्यायिक समितिका सदस्यहरु वडा नं. २ का वडाध्यक्ष अब्दुल मालिक शेख, वडा नं. ५ का वडाध्यक्ष अशोक मण्डल र प्रशासन एवम् योजना फाँटका प्रमुख लालबाबु पण्डित सदस्य रहेको न्यायिक समितिको यो नाटक समग्रमा आम नागरिकलाई प्रभाव पार्ने गरी प्रभावकारी रहेको अनुमगनको क्रममा बताए ।
नाटक प्रदर्शनको लागि वस्ती वस्तीमा लाउडस्पीकरमा प्रचार प्रसार गरिएको थियो । जनकपुरबाट चर्चित कलाकारहरुको टीमले नाटक प्रदर्शन गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…