धनुषामा दुई् ट्रक ठोक्किदा एकमा लाग्यो आगो, चालकहरु घाईते
राजमार्गमा प्र.०२ ०३–००१ ख ०७१५ नम्बर को ट्रक र ना ६ ख ३४६३ नम्बरको ट्रक एक आपसमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । ट्रक मध्ये ना ६ ख ३४६३ नम्बरको ट्रक जलेको छ । दुबै ट्रक चालक र सह चालक घाइते भएको हो । उनीहरुको उपचार स्थानीय क्लीनिकमा भईरहेको छ ।

२०८२ बैशाख १४ आइतबार, बिहान ८:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषामा दुई ट्रक एक आपसमा ठोक्किँदा एकमा आगो लागेको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ६ मालटोलचौकमा बिहान ८ बजे दुई ट्रक एक आपसमा ठोक्किएको हो ।
राजमार्गमा प्र.०२ ०३–००१ ख ०७१५ नम्बर को ट्रक र ना ६ ख ३४६३ नम्बरको ट्रक एक आपसमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । ट्रक मध्ये ना ६ ख ३४६३ नम्बरको ट्रक जलेको छ । दुबै ट्रक चालक र सह चालक घाइते भएको हो । उनीहरुको उपचार स्थानीय क्लीनिकमा भईरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…