कमला नपाको तेलियाहास्थित ५० लाखमा ढलान हुँदै, जनमतका सहनी दम्पतिले गरे शिलान्यास

२०८२ बैशाख १३ शनिबार
बिहान १०:३१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिका वडा नम्बर २ तेलियाहा टोलस्थित ५० लाख रुपैयाँको ढलान कार्य सुरु भएको छ । 

शुक्रबार जनमत पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य सँतोष राज सहनी र उनकी श्रीमति सेलिना कुँवरले सँयुक्त रुपमा शिलान्यास गरेपछि सडक ढलान कार्य सुरु भएको छ । 

शहरी विकास मन्त्रालयबाट सहनीले तेलियाहाको लागि ५० लाख रुपैयाँको बजेट ल्याएको बताए । उनले १८ फिट चौडा र २३१ मिटर लम्बाईको आरसिसि ढलान कार्य सुरु भएको बताए । 

तेलियाहाको ज्ञानी दासको घर देखि कलभर्टसम्म आरसिसि ढलान भईरहेको जनाए । स्थानीय व्यक्तिहरुलाई उपभोक्ता समिति बनाएर सो कार्य उपभोक्ता समिति मार्फत भईरहेको बताईएको छ । 

  • 67%
  • 0%
  • 0%
  • 33%
  • 0%
  • 0%

कमला नगरपालिकाको निःशुल्क आँखा शिविरमा ८०० बढीले गराए चेकजाँच, १०९ लाई मोतियाबिन्दु 

  • २०८२ बैशाख १३ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा आयोजना भएको तीनदिने आँखा शिविरमा ८०० बढी जनाले चेकजाँच गराएका छन् ।  बैशाख २२ गतेदेखि २४ गतेसम्म चलेको तीनदिने निःशुल्क आँखा शिविरमा ८०६ जनाले

पूरा पढ्नुहोस्

Bureau Menus