कमला नपाको तेलियाहास्थित ५० लाखमा ढलान हुँदै, जनमतका सहनी दम्पतिले गरे शिलान्यास
शहरी विकास मन्त्रालयबाट सहनीले तेलियाहाको लागि ५० लाख रुपैयाँको बजेट ल्याएको बताए । उनले १८ फिट चौडा र २३१ मिटर लम्बाईको आरसिसि ढलान कार्य सुरु भएको बताए । तेलियाहाको ज्ञानी दासको घर देखि कलभर्टसम्म आरसिसि ढलान भईरहेको जनाए । स्थानीय व्यक्तिहरुलाई उपभोक्ता समिति बनाएर सो कार्य उपभोक्ता समिति मार्फत भईरहेको बताईएको छ ।

२०८२ बैशाख १३ शनिबार, बिहान १०:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिका वडा नम्बर २ तेलियाहा टोलस्थित ५० लाख रुपैयाँको ढलान कार्य सुरु भएको छ ।
शुक्रबार जनमत पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य सँतोष राज सहनी र उनकी श्रीमति सेलिना कुँवरले सँयुक्त रुपमा शिलान्यास गरेपछि सडक ढलान कार्य सुरु भएको छ ।
शहरी विकास मन्त्रालयबाट सहनीले तेलियाहाको लागि ५० लाख रुपैयाँको बजेट ल्याएको बताए । उनले १८ फिट चौडा र २३१ मिटर लम्बाईको आरसिसि ढलान कार्य सुरु भएको बताए ।
तेलियाहाको ज्ञानी दासको घर देखि कलभर्टसम्म आरसिसि ढलान भईरहेको जनाए । स्थानीय व्यक्तिहरुलाई उपभोक्ता समिति बनाएर सो कार्य उपभोक्ता समिति मार्फत भईरहेको बताईएको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…